साझा नेटवर्क
दामोदर दाहाल,काठमान्डौ कार्तिक ६ ।
आफ्नो क्षेत्रको बिकाश र जनताको समस्यालाई सिरोपर गर्ने , आफ्नो समस्या सम्झेर जनताका समस्या सम्बोधन गर्ने, बिकाशको निम्ति घाम पानि नभनी लागी रहने काठमाडौं क्षेत्र नम्बर ३ का माननीय साम्सद रामेश्वर फुयाललाई जनताले बिकासमुखी सभासदको पहिचान दिएका छन।

बागमती नदीको गोकर्णेश्वर १२ ढौडिक ९जम्बुडाँडा० बाट कागेश्वरी मनहरा नगरपालिका गोठाटार प्रशिध्द नवतन धाम तर्फ जोडिने पुलको सर्वे गर्ने क्रममा माननीय सांसद रामेश्वर फुयालले ईन्जिनियर, स्थानीय सामाजिक अगुवा सहित आफै उक्त पुलको निर्माणमा सहजीकरण गर्दै जनतालाई साथ लिएर विकासको गति बढाउन सकेमा मात्र तोकिएको काम समयमै हुने, भरपर्दो र गुणस्तरीय हुने, समयमै काम सम्पन्न गर्न जनता आफै पनि जुट्ने भएकोले सुरूवात देखिनै जनतालाई साथमा लिएर योजना निर्माणमा सहभागी गराउने माननीयको तरिका सबैले स्थानीय जनताले प्रशंसा गरेका छन।
सभासद फुयाल आफुले गरेका काम र त्यसको संरक्षणका लागी जनतालाई नै जागरुक गराउछन, उनको काम गर्ने तरिका अरु सांसद भन्दा धेरै भिन्न छ, आफुले गरेका कामको लेखाजोखा गर्ने काम पनि जनतामै निहित राख्न रुचाउने सभासद हेरक दिन केहि न केहि जनातामुखी अभियान आफ्नो क्षेत्रमा गर्ने गर्छन। फोटो साभार ( मोहन गौतमको फेसबुकबाट
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend