साझा नेटवर्क
प्रेम सुनार गुल्मी ,कार्तिक ६ ।
युवा संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता महेश बस्नेत भोली गुल्मी आउँने भएका छन् । युवा संघ नेपाल रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्न पुर्व मन्त्री समेत रहेका बस्नेत भोली सदरमुकाम तम्घास आउने आयोजकले जनाएका छन् ।
भोली दिउँसो तम्घासको वालमन्दिर प्राङ्गणमा हुन गई रहेको अधिवेशनको अन्तिम तयारी पुरा भएको युवा संघ नेपालका जिल्ला संयोजक मोहन पाण्डेले जानकारी दिए चार वटा साविकका गाविस मिलेर बनेको रेसुङ्गा नगरपालिकामा हुन गई रहेको पहिलो नगरअधिवेशनमा एमाले निकट युवाहरुको शक्ति प्रदर्शनका हिसावले पनि निकै महत्वका साथ लिईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend