साझा नेटवर्क
विमल खड्का, बागलुङ कार्तिक ५ ।
बागलुङको खुंगा गाउँ विकास समिति वडा नं. ७ का ३५ वर्षीय मृगौला पीडित मन बहादुर वि.क.ले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेका छन् । विगत १० महिनादेखि उपचार गराइरहेका वि.क.ले आफ्नो पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न कठिनाइ भएको हुँदा उपचारका लागि आर्थिक सहयोग गर्न आफन्तजन, व्यक्ति संघसंस्था लगायत सबैलाई अपिल गरेका हुन् ।
शिक्षण अस्पताल काडमाण्डौको मेडिकल रिपोर्ट अनुसार उनको दुबै मृगौलाले काम नगर्ने भएको छ र उपचारका लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने बताइएको छ । तर यो उपचार निकै महंगो पर्ने गर्छ । अहिले वि.क.ले गण्डकी अस्पताल पोखरामा मृगौलाको डाइलोसिस् गराइरहेका छन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई निशुल्क डाइलोसिस् गराइएको अस्पताल स्रोतले बताएको छ । थप उपचारका लागि सबैलाई आर्थिक सहयोग गरिदिन उनको परिवारले समेत सबैलाई आग्रह गरेको छ भने सूचना प्रवाह गरिदिनका लागि संचार माध्यमलाई समेत अनुरोध गरिएको छ ।
आर्थिक सहयोगका लागि प्रभु बैंकको खाता नं.०७२०१५००७६६१७३०००००१ मा रकम संकलन गर्न वा सामुदायिक रेडियो परिवर्तनको कार्यालयमा समेत सम्पर्क गर्न सकिने बताए छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend