logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको पिपलधारामा सार्वजनिक सुनुवाई सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

विदेशीएका युवाहरुले चलाएको अभियानले गाउको विकासमा सहयोग

गुल्मी, कार्तिक ३ ।
पिपलधारा चौतारी सम्पर्क समिति विश्व संञ्जाल गुल्मीको आयोजनामा पिपलधारामा सार्वजनिक सुनुवाई तथा राहात र सम्मान कार्यक्रम सम्पन्न भएको छ । गाविस भित्रका सबै राजनितिक दल,सरकारी कार्यालयका प्रमुख एवं सरोकारवाला निकायको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

14633040_10211062320023283_1601192900279581492_nसंस्थाका महासचिव राजेन्द्र खड्को अध्यक्षता गाविस अध्यक्ष इश्वरी प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पिपलधाराको विकासका लागि सबै पक्ष एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । आपसी विवाद खिचातानी एवं राजनितिक स्वाथबाट प्रेरित हुदां पिपलधारा सोचे अनुशार विकासको पथमा अघि बढ्न नसकेको तर्क उनिहरुको रहेको थियो ।

14595702_10211062330663549_5809811262344658608_nजिल्लामा रहेका सबै सरकारी कार्यालयका प्रमुख एंवं प्रतिनिधिहरुले पनि जनअपेक्षा अनुशारको सेवा प्रवाहका लागि सक्दो पहल गर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले सबै जनताको साथ लिएर गाविसको विकास निमार्णमा अघि बढ्ने बताउनु भयो । उहांले गाविस कार्यालयले अव बर्षको दुई पटक अफ्नै खर्चमा सार्वजनिक सुनुवाई गर्ने प्रतिबद्धता जनाउनु भयो ।

14716065_10211062332823603_7020207836042110044_nनेपाली कांग्रेसका जिल्ला सदस्य नविन जिसी,गांउ सभापती हरि वहादुर थापा, नेकपा एमाले गांउ सचिव गोपाल सुनार ,माओवादी केन्द्रका अध्यक्ष रत्न प्रसाद खनाल,राप्रपा अध्यक्ष टान वहादुर केसी,हेपो ईन्चार्ज प्रेम खनाल, गणेश मावीका प्रअ बाबुराम खनाल,शिक्षक केशवराज दनाल,नरेन्द्र थापा,तिलक खनाल, अतिरिक्त हुलाक कार्यालयका इन्चार्ज कृष्ण खनाल लगायतले सर्बसाधारणहरका प्रश्नको जवाफ दिएका थिए ।

14671290_10211062333743626_1776228125212264914_n पुर्व गाविस उपाध्यक्ष प्रेम वहादुर थापा,मधुसुधन खनाल,सुजन थापा,तेजेन्द्र घिमिरे, लगायतले बोल्दै गाउका विकासका लागि राजनितिक दलहरुको एकताको आवश्यकता रहेको बताएका थिए । कार्यक्रमको पत्रकार विक्रम खड्को सहजिकरण सुर्य खड्कोे संचालन,भरत केसीको स्वागत एवं स्थानिय कमिटिका अध्यक्ष वावुराम जिसीको सहअध्यक्षतामा सम्पन्न भएको थियो ।

सोहि अवसरमा गणेश मावीका ६० जना,ज्ञानोदय मावीका २० जना विद्यार्थीहरुलार्य सम्मान गर्नुका साथै दुवै विद्यालयका उत्च्कृष्ट दुई दुई जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरि सोहि समारोहमा विपन्न पिपलधारा वडा न ५का सावित्रा मुखियाको परिवारललाई आर्थिक सहयोग स्वरुप बाख्रो प्रदान गरिएको महासचिव खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend