साझा नेटवर्क
घनश्याम पौडेल, अर्घाखाँची कार्तिक ३ ।
हिन्दु धर्म विरोधी पुस्तक विक्रि वितरण गरेको आरोप लगाउदै हिन्दु जागरण युवा संघ नेपाल जिल्ला कार्य समिती अर्घाखाँचीले रामपालका सयौ पुस्तक नष्ट गरेका छन् ।

जिल्लाको अर्घामा पुर्णिमाको दिन दशै विषेश कार्यक्रम चलिरहेको बेला हिन्दु धर्मको धार्मिक क्षेत्रमा अन्य धर्मको प्रचार गरिएको भन्दै ज्ञान गंगा नामक पुस्तक नष्ट गरिएको जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

हिन्दु संस्कार अन्तरगत विभिन्न कार्यक्रम हुने अर्घाखाँची जिल्लाको प्रसिद्ध अर्घा भगवती मन्दिर परिसरमा अन्य धर्मको प्रचार गर्न नपाईने भन्दै युवाहरुले अव उप्रान्त मन्दिरहरुमा यस्ता गतिविधि नगर्न चेतावनी समेत दिएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend