logo
  • शुक्रबार, असोज ९ २०८३

बुर्तिबाङ सहितका ४ गाविसलाई नगरपालिका बनाउन प्रस्ताव


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

केन्द्रसम्म दवाव दिन साँसद छन्त्यालको नेतृत्वमा डेलिगेशन टोली बन्यो 

बिमल खड्का, बागलुङ कार्तिक २ ।
विगत देखिनै बुर्तिबाङलाई नगरपालिका बनाउने प्रस्ताव वारम्वार उठदै आएको छ । आज पनि नगर विकास समिति बुर्तिबाङको आयोजनामा बोलाइएको सर्वपक्षिय सर्वदलिय भेलाले बुर्तिबाङलाई फेरि नगरपालिकाका रुपमा प्रस्ताव गर्नेनिर्णय गरिएको बताए।

स्थानीय तह पुनसंरचना आयोगमा यस अघि बुर्तिबाङलाई ढोरपाटन गाउँपालिका र बुर्तिबाङ केन्द्रका रुपमा जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस पठाएको थियो । उक्त प्रस्ताव उपर तत्काल उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङ र गाविस कार्यालय बुर्तिबाङ संयुक्त पहलमा बसेको सर्वदलिय सर्वपक्षिय भेलाले त्यसलाई नगरपालिका घोषणका लागि माग गर्ने निर्णय, जिल्ला प्राविधिक सहयोग समिति तथा स्थानीय तह पुनसंरचना आयोगको कार्यलयसम्म दर्ता गरिसकिएको बताए ।

केन्द्रका रहेका प्रमुख राजनैतिक दलहरुबीच स्थानीय निकायको पुनसंरचनाका विषयमा फरक फरक मत आएपछि फेरि दलहरुले आयोगले ल्याएको ५ सय ६५को खाकालाई बढाएर इलाकाका आधारमा स्थानीय तहको पुनसंरचना बनाउनसपर्ने प्रस्तावमा सहमति गरेका थिए । उक्त प्रस्तावलाई आयोगका तर्फबाट अमान्य भनिएपछि हालका लागि फेरि ७ सय ४२ वटा स्थानीय तह बनाउने प्रस्ताव आएको बताएका छन्।

यसरी बनाईने स्थानीय तह पुनसंरचनामा हालका इलाकालाई आधार मानिने भएपनि बुर्तिबाङसँग जोडिएका ४ गाविसहरु बुर्तिबाङ, राजकुत, अधिकारीचौर र बोबाङलाई आधारमा नि यसैलाई नगरपालिकाकारुपमा घोषण गराउन यहाँका दलहरुबीच सहमति गरिएको छ । अवको गाउँ पालिका र नगरपालिका के कस्तो खाकामा आउने भन्ने अझै अन्योल नै भएको बेला १० नंं. इलाका रहेको बुर्तिबाङलाई नगरपालिकानै बनाउनुपर्ने दलहरुको एकमत देखिएको  बताए  ।

नगर विकास समिति अध्यक्ष अर्जुन शेरचनको अध्यक्षतामा भएको छलफलमा बागलुङ जिल्ला क्षेत्र नं.३ का साँसद ज्ञानकुमारी छन्त्याल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति दोर्ण कुवँर, नेकपा एमालेका सचिवालय सदस्य टंक पौडेल, माओवादी केन्द्रका जिल्ला सदस्य चन्द्रलाल अर्याल, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डे, नेकपा माओवादी विप्लव समुहका हरी कुवँर सहित स्थानीय समाजवेबी बुद्धिजीवी सहितको बैठकले यस्तो निर्णय गरेको छ ।

यसरी बनाइने भनिएको नगरपालिकाको प्रस्ताव सहित साँसद छन्त्यालको नेतृत्वमा जिल्ला तथा केन्द्र सम्म माग सहित डेलिगेशन जाने समेतको निर्णय भएको छ । उक्त डेलिगेशन टोलीमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति दोर्ण कुवँर, नेकपा एमालेका सचिवालय सदस्य टंक पौडेल, माओवादी केन्द्रका जिल्ला सदस्य चन्द्रलाल अर्याल, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डे, नेकपा माओवादी विप्लव समुहका हरी कुवँर तथा नगर विकास समितिका अध्यक्ष अर्जुन शेरचन र काठमाण्डौमा रहने बुर्तिबाङ क्षेत्रका सरोकारवाला व्यक्तिहरु केन्द्रको प्रमुख राजनैतिक दल, स्थानीय पुनसंरचना आयोग र सरकारसमक्ष माग पेश गर्न तिहास पछि लगत्तै जाने निर्णय गरिएको छ ।

यस्तै बैठकमा बाढीले क्षति पु¥याएको बुर्तिबाङ बजार तथा आसपासका गाविसहरुमा नदी तटबन्ध,बुर्तिबाङमा केन्द्रिय विद्युतको प्रशारण लाईन जोडने विषयलाई समेत मागमा समावेश गरि जाने सहमति गरिएको छ । एकीकृत गुरुयोजना निर्माण नभएका कारण साना सहरी योजनाको काम ढिलाई भएको नगर विकास समितिका अध्यक्ष शेरचनको भनाई ।मध्य पहाडि लोकमार्ग अन्तरगत साना शहरी विकास आयोजनाका रुपमाप्रस्तावित नमूना शहर बुर्तिबाङको एकीकृत गुरुयोजना नआएका कारण भनेजसरी काममा तीव्रता नआएको नगर विकास समिति बुर्तिबाङका अध्यक्ष अर्जुन शेरचनले बताए का  छन्  ।

नमूना शहर आयोजना सुरु गर्ने भन्दै नगर विकास समिति बनेर काम थालिएको अहिले ४ वर्ष भएको छ तर जे जसरी साना शहरी विकास आयोजनाको काममा तीव्रता आउनुपर्ने हो त्यसरी हुन नसकेको शेरचनको भनाई थियो । शहरी विकास आयोजना अन्तरगत नयाँ शहर आयोजनाले २०७० सालदेखि काम सुरु गरि आगामी २०९० सालसम्ममा यो परियोजना सम्पन्न गर्ने लक्ष्य राखेकोले तत्काल एकीकृत गुरुयोजना निर्माण भएपछि तीव्र गतिमा बस्ती विकास, जग्गा खरिद तथा भौतिक पूर्वाधार निर्माणका कामहरु अघि बढने उहाँले जानाकारी दिनुभयो ।

हालचालै मात्र कुत्थाप्ला र भव्रेटामा जग्गा खरिका कामहरु भएकाले ति स्थानहरुमा पहिलो चरण सडक विस्तार गरिने, हालको बुर्तिबाङ बजारक्षेत्रमा सडक स्तरउन्नति र ढल निर्माणका लागि यस वर्ष ८ करोडको प्रस्तावित याृेजनाहरु स्वीकृत भएको समेत शेरचनले जानाकारी दिनुभयो । त्यस्तै कुत्थाप्लामा खरिद गरिएको जग्गामा नयाँ शहर आयोजना तथा नगर् विकास समितिको भवन निर्माण कोलागि योजना स्वीकृत भएको छ । जहाँ २ करोड ९० लाखको लागतमा सुविधा सम्पन्न भवन बन्ने अध्यक्ष शेरचनले बताउनुभएको छ ।

नगर विकास समितिको कार्यालयमा भएको एक अनौपचारिक छलफलमा बुर्तिबाङ नगर विकास समिलिे सुस्त गतिमा काम गरेको, समिति बनाउँदा स्थानीय राजनैतिक दलहरुलाई सन्तुलनमा ल्याउन नसकेको र अध्यक्ष सधै काठमाण्डौमा मात्र बस्दा यहाँको काममा ढिलाइभएको भन्दै स्थानीय राजनैतिक दलका नेताहरुले तदारुकताका साथ तीव्र गतिमा काम सञ्चालन गर्न आग्रह गरेका थिए ।

यस्तै बुर्तिबाङको वडा नं. २ टारिखेतमा जग्गा खरिदको प्रक्रिया अघि बढेसंगै नयाँ शहरको बस्ती विकासका लागि ७० प्रतिशत काम भइसकेको भनिएको अवस्तामा त्यहाँका स्थानीयले नगरविकास समितिलाई मुद्धा चलाई असमझदारि बढेको घटना प्रति पनि दलहरुले चासो व्यक्त गरेका थिए ।

उक्त प्रश्नको जवाफमा अध्यक्ष शेरचनले त्यहाँका ९० प्रतिशन जनताले नगरविकास समितिलाई जग्गा उपलब्ध गराउने सर्बसम्मत निर्णय गरेपछि अघिबढेको काममा एकाएक केही व्यक्तिहरुले मुद्धा हालेर काममा अवरोध गरेको भन्दै थप छलफल चलाउनु पर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मध्य पहाडि लोकमार्गमा निर्माण गर्ने भनिएको १० नमुना शहर मध्येको बुर्तिबाङपनि एक हो। यहाँ असमझदारी भएर कुनै काम अघि बढन नसको यो योजना अन्यत्र पनि सर्नसक्ने कृन्द्रबाट बारम्बार चेतावनी आएको भन्दै सबैले यस कार्यमा हातेमालो गर्न शेरचनले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend