logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्धारा पुर्नमिलन तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी  कार्तिक २ ।
बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सदरमुकाम तम्घासमा पुर्नमिलन तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद चन्द्र भण्डारीले सामाजिक भावले सहयोग हस्तान्तरण गर्दा त्यसको कार्यान्वयनको अवस्थालाई पनि जोड दिन आग्रह गर्नुभयो ।14793866_906041062830409_1671560870_nबिदेशमा दुख गरेर कमाएको पैसा स्वदेशका विभिन्न क्षेत्रका सहयोग गर्ने संस्था प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रमकै अवसरमा संस्थाले आशा अपाङ्ग केन्दलाई ७० हजार प्रदान गरेको छ । सहयोग रकम बुझ्दै आशा अपाङ्ग केन्द्रका अध्यक्ष जर्नादन घिमिरेले सहयोगी संस्थालाई धन्यवाद दिनुभयो । त्यस्तै बौद्धिक अपाङ्गगता संघ उपाल्लो तम्घासलाई पनि संस्थाले ३० हजार सहयोग गरेको छ । 14801167_906041406163708_931554528_nसहयोग रकम संघका अध्यक्ष इश्वरी पौडेललाई प्रदान गरिएको थियो । दुवै संस्थाको रकम प्रमुख अतिथी चन्द्र भण्डारीले हस्तान्तरण गर्नुभएको थियो । गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले बैदेशिक रोजगारीको शिलसिलामा कोरियामा गएर फर्केका गुल्मेलीका बिचमा शुभकामना आदान प्रदान तथा पुर्नमिलन कार्यक्रमको आयोजना गरेको समितिका पुर्व सचिव उपेन्द्र अर्यालले जानकारी दिनुभयोे ।14793851_906040962830419_379799906_nसाथै कोरियाबाट फर्केपछि जिल्लामै कसरी लगानीको वातावरण सृजना गर्न सकिन्छ भन्ने बिषयमा पनि सरोकारवाला संग अन्तरक्रिया गरेको थियो । जसका लागी पुर्व अध्यक्ष प्रेम ज्ञवालीको संयोजकत्वमा ९ सदस्य गुल्मी दक्षिण कोरिया समन्वय समिति, पनि गठन गरिएको छ । जसको सदस्यहरुमा कृष्ण भण्डारी, उपेन्द्र अर्याल, जर्नादन घिमिरे, दामोदर पोख्रेल, चन्द्र राना, चन्द्र पराजुली, गंगा खड्का र जीवलाल पन्थी रहनुभएको छ ।

२०६३ सालमा स्थापना गरेको समितिले अहिले पाँचौ अधिवेशन सम्पन्न गरिसकेको छ । यो अवधीमा समितिले रुद्रवेणीको बृद्धा आश्रमको २ कोठे भवन निर्माणको लागी १० लाख, पुर्तिघाटबाट दक्षिण कोरिया गई कामकै शिलशिलामा बिरामी परेका दल बहादुर थापाको उपचारार्थ ११ लाख, कामकै शिलसिलामा कोरियामै मृत्यु भएका जयखानीका लोकनाथ भटराईको परिवारलाई ४ लाख ५० हजार, भुकम्प पीडितको लागी गुल्मीमा ३ लाख, सिन्धुपाल्चोक र काभ्रेमा ३ लाख सहयोग गरेको थियो ।

साथै वडागाउँ, थानपती, सिमीचौर, अर्जे र पल्लीकोट गाविसका आगलागी पीडितहरुको लागी २ लाख १ हजार पनि समितिले सहयोग गरेको पुर्व सचिव चन्द्र पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रम समितिका पुर्व अध्यक्ष प्रेम ज्ञवालीको अध्यक्षता, पुर्व सचिव चन्द्र पराजुलीको स्वागत तथा निर्वतमान सचिव उपेन्द्र अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend