संगिता कुवँर जापान ।
बुबा आमा मा दर्शन दिदिबहिनी र भाईलाई शुभ प्यार आमा आराम होला आरामताको कामना गर्दछु । दशैं राम्रो संग मनाउनुभए होला ? कुन कुन मन्दिर जानु भो ? सानो छदाँ उजुगँकोट,मुसिकोट,ईस्मा,अर्जै,तोरिखर्क,बुल्म जताकतै पुगिन्थ्यो रमाईलो हेर्न भन्दै आमा परदेशको दशैको त के कुरा गरौ ब्यस्त दैनिकि काम पढाई भन्यौ दौडियो बित्यो दशैँ ।
आमा दशै आउनु २/४ दिन सम्म त मन फकिरहेको थियो अर्को दशैँमा नेपाल भईन्छ भन्ने बाहानामा साथिभाईको शुभकामना भेटघाट रमाईलो मै समय बित्दै आए जब टिकाको दिन आयो बल्ल मिस हुन लाग्यो घरपरिवार र नेपाल नमिठा लाग्न थाले समय अभागी लाग्न थाल्यो ।
आफु परिवार भन्दा टाढा हुदाँ सम्झिए ति दशैँ ठुलो ओछ्यानको छेउका जमरा, आमाको हातले लगाई दिएको टिका आशिर्बाद, आमाले बनाएका रोटि बोकेर टिका थाप्न पुगेका दिन,खोरखोरे अनि तासखेलेका समय, निधारको टिका अर्को दिन सम्म रह्यो भने भाग्यमानी भन्दै दिदि बहिनीसंग प्रतिस्प्रधा गरेको ओहो!!
आमा अमिलो हुदोँरछ मन पिरो हुदोरछ छाती सानाका साथी कहाँ पुगेहोलान सबै दशै मनाउनमा मख्ख होलान् ।पढाई,जागिर,व्यापार गर्न पर्रदेश पुगेका टाढाटाढा रहेकाहरु दशैँ मान्न आएर चहलपहल होला गाउँमा हजुर आमाले घाम त दशैका मन पर्छ भन्नुहन्थ्यो त्यस्तै घाम लागेका होला? कोदो पाक्दै होला?
खरबारीको खर काट्ने समय धान सिहार्ने बेला हुन लाग्यो कामको चटारो होला !ओहो आमा ! नन्द ,अमाजु, भान्जा ,भान्जी पाहुना के गरि सकि हौ चुलो देखि घासँदाउरा सम्म कति दुख हुदो हो है ? यसपाली दशैँको दिन बिहानै पढाईसकेर मेरो परिक्षा पछिको बिश्वबिधालयको अन्तर्वाता थियो । पहिलो चरणमा निबन्ध लेखन दोस्रो चरणमा अन्तर्वाता थियो।
पहिलो चरणको निबन्धमा लेखीसकाए दोस्रो चरणको अन्तर्वातामा मलाई पहिलो प्रश्न नै दशैँ कै पर्यो नेपालको पर्व दशैँको बारेमा बताउनुहोस । अन्तर्वाताको दिन पहिलो प्रश्न त्यसो त दशैलाई अन्तर्वाताले भुलाईदेला भनेको झन सम्झाईदिने बाहाना भो मैले बुझेको दशै बताएँ । लामो समय जापान बस्ने कि नेपाल जाने? पढ्न जापान नै किन? यस्तै प्रश्नको उत्तर बलबुताले सकेको दिए ।
४:३०मा सकियो अन्तवार्ता म काम पुग्नु पर्ने ५:३०मा ४५ मिनेट काम जान लाग्थयो । ढिलो होला भनेर फटाफट त्यतैबाट काम हिडे काममा बिदा मागेको त्यो दिन अरु नेपालीले बिदा लिईसकेको भएकोले बिदा मिलेको थिएन । काम ठिक समयमा पुगे काममा ब्यस्त अर्डर लिने खाना बोक्ने, यताउता दौडिने आमा म त तपाईहरुलाई पनि के गर्दै होला टिका लगाए होलान कि नाई बिर्सिसकेछु ।
काम १२ बजे सकियो । कामबाट निस्केपछि फेसबुक खोले रताम्य बनेको फेसबुक कोहि नेपाल जान नपाएका कुरा कोहि यो खाईम यहाँ गईम भनेर पोस्ट गरेका कुरा फेरि अर्को पटक मिस भयो दशैँ नराम्रो, नमिठो,तितो भयो मन आमा जति मन कठोर बनाएनि टिकाको दिन नरमाईलो मन हुदोरैछ । अझ अन्तिम बर्षको दशैँ पनि जापान मै थिए २ वटा दशै कति छिटो आफैले तितो महशुस गरे ।
मन बुझाए म त दुई बर्ष कैयौ नेपाली होलान बर्षौ टिका थाप्न जान नपाएका आफन्तसंगै हुन नपाएका दुर्गा भवानीले रक्षा गरुन् फेरि मेरि आमाका चर्केका हातका डामले छापिएका ठोकने रोटि काक्रोको अचार संगै बसेर खाम्ला हासम्ला समयले साथ दिओस हास्न सकियोस बाच्न सकियोस फेरि फेरिका दशैँ त हाम्रै हुन जो आफन्तसंगै हुनेछन् आमा !!
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend