logo
  • शनिबार, साउन ९ २०८३

कलाकार घिमिरेले पहाडकी मायालाई तराइमा घुमाउदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

unnamedअनिश शर्मा गैरे/प्रकाश घिमिरे, गुल्मी असोज २७।
भर्खरै गीत सँगीतमा आफुलाई अगाढी बढाउँदै गरेका नवदित कलाकार मनोज घिमिरेले आफ्नै स्वरमा २ वटा गीतहरु सार्वजनिक गरेका छन । एउटा गीत बजारमा आइसकेको छ भने अर्काे गीत दशैपछि मात्रै बजारमा आउदै छ।

बाग्लुङ्को ग्वालीचौर ८ दाँगमा जन्मीएर नवलपरासीको अरुणखोलामा बस्दै आएका उनले आफ्नै शब्द तथा सँगीतमा एउटा समसामयिक देश भक्ति गीत पनि बजारमा ल्याएका छन । नेपालीहरुको नेपाली गीत नसुन्ने तथा बाहिरी देशहरुका गीतहरुले सुन्ने प्रबृति तथा बाहिरी संस्कृति भित्राउन खोज्ने बानीलाई ठाडो रुपमा गीतमा प्रस्तुत गरिएको छ । गीतमा भनिएको छ “ किन हिन्दी गीत सुन्छै तिमी, नेपाली गीत छैन र ? यो हाम्रो देश प्यारो देश नेपाल होइन र ? ”

उनले बजारमा पहाडकी मायालाई तराइमा साइकलमा चढाउने इच्छाको अर्काे गीतमा पनि आफ्नो स्वर दिएका छन । सरररर साइकलमा चढेर घुमाउला मायालाइ तराइको फाँटमा । यो गीतमा स्वर र सँगीत भरेका कलाकार मनोजले यो गीतमा तुल्सी घिमिरेको शब्द रहेको बताए । यो गीतमा कलाकार मनोज घिमिरे तथा देवि घर्तीको स्वर रहेको छ ।

यसैबिच उनकै स्वर र सँगीतमा अब दशै पछि अर्काे गीत पनि बजारमा आउँदैछ “बैँस चढेपछि ” जसमा सानो छँदा आफैले हा नानी हा नानी भन्दै काखमा खेलाएको नानी आज बैँस आएपछि आफुसँग बोल्न पनि गाह्रो भएको कुरा जोडिएको छ । उनले या गीतको अडियो मात्रै तयार भएको र भिडियो तयार गरि दशै पछि मात्र गीत बजारम आउने तयारी रहेको जनकारी दिए ।

२०५० सालमा जन्मिएका उनीले सानोमा बाख्रा चराउन जाँदा देखी लिएर बिद्यालय तथा आसपासका क्षेत्रहरुमा हुने कार्यक्रमहरुमा गीत गाएको बताए । पहिलो पटक आफ्नो स्वर दिन जाँदा खेरी म्युजिक एरेन्जर खाज्दा निकै दुख पाएको कलाकार मनोजको भनाइ छ । काठमाण्डौको अनामनगरमा धेरै भौतारिनु परेको दुख आज सम्म पनि सम्झिरहेको उनको भनाइ रहेको छ ।

उनी घरको कान्छो छोरा हुन । गीत सगीँतके यात्रामा सबैभनदा ठुलो सहयोग घरको परिवारले दिएको उनको भनाइ छ । गीत सँगीतकोे क्षेत्रमा आफुलाई सशक्त रुपमा अगाडी बढाउने उनलै प्रतिबद्धता ब्यक्त गरे । यसरी साँगीतिक यात्रामा आफ्नै साथीहरुले असयोग गर्दा निकै मन दुख्ने उनले बताए । उनले आफ्नो शरिर भरी गीत सँगीत मात्रै बगेको मनोजको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend