logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीको मुसीकोटमा शोक सभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कौरब खत्री, गुल्मी असोज २७।
नेपाली काँग्रेस वडा कार्य समिति मुसिकोट ६ द्धारा श्रद्धाञ्जली सभा मुसिकोटमा सम्पन्न भएको छ । नेपाली काँग्रेस गाँउ कार्य समिति मुसिकोटका क्रियाशिल सदस्य स्व. कर्ण बहादुर खत्रीको  नवौ दिनको पूण्यतिथिको अवसरमा वडा कार्य समितिले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

सभामा मृतक खत्रीको निधनले नेपाली काँग्रेस पार्टीलाई ठूलो क्षति पुगेको भन्दै मृतक खत्रीले समाजमा पु¥याउनु भएको योगदान र उहाँको जीवनीका बारेमा चर्चा परिचर्चा गरिएको थियो ।

सभामा नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका सदस्य कौरव खत्री, इलाका सदस्य बिष्णु बहादुर खत्री, गाँउ कार्य समिति मुसिकोटका उपसभापति द्धोय मान बहादुरखत्री, धनिश्वर घिमिरे, सचिब जनक बहादुर खत्री, वडा कार्य समितिका पदाधिकारी, पार्टीका भातृ संगठन तथा शुभ चिन्तकहरुको सहभागीा रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस इलाका नम्बर ९ का सहसचिब बिष्णु प्रसाद आचार्यले गर्नुभएको थियो । स्व. खत्रीको यही आश्विन १८ गते ६५ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend