साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी असोज २६ ।
बडादशैको अवसरमा गुल्मीको पौदी अमराइमा ऐतिहासिक सराय नाँच सम्पन्न भएको छ । छत्रभुमी संरक्षण बिकास प्रतिष्ठान पौदी अमराइको आयोजनामा एकादशीको अवसरमा खुल्ला सरायँ नाँच प्रतियोगीता सम्पन्न भएको हो ।

प्रतिष्ठानका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा पौदी अमराइ प्रहरी चौकीका प्रमुख बिकल बिकको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगीताबाट गुल्मी दोहोली गाबिसका मान बहादुर घर्र्तीको समुह प्रथम भएको छ भने पौदी अमराइका गोबिन्द गोपाल ध्वजको समुह द्धितीय तथा गुल्मी नेटाको महिला समुह तृतिय भएका छन ।
कार्यक्रममा बिजेता ब्यक्ति तथा समुहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन समाजसेवी भिमलाल घिमिरेले गर्नुभएको थियो । प्रतियोगीतामा गुल्मी तथा बाग्लुङ्का गरी झण्डै एक दर्जन गाबिसका स्थानीयहरुको उपस्थिती रहेको थियो ।
सरायँ नाँचमा बिभिन्न सांकेतिक हतियारहरुको प्रयोग गरी पञ्चे बाजामा नाँचिने गरिन्छ । यो नाँच गुल्मी, बाग्लुङ्, अर्घाखाँची लगायतका जिल्लाहरुमा बढि प्रचलनमा रहेको छ ।
तस्विर : प्रकाश घिमिरे
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend