logo
  • शनिबार, साउन ९ २०८३

नेपाली सांगीतिक बजारमा समर्पित हुदै गायिका श्रेष्ठ


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

14390740_1156411824412134_4475674794422347876_nसुर्य चन्द, काठमाडौँ  असोज २७ ।
अमेरिकी बिदेशी भुमिबाट नेपाली सांगीतिक बजारमा समर्पित हुदै आएको एउटा नाम हो गायिका सबिता श्रेष्ठ, अमेरिकामा बसेर पनि नेपाली गित संगीत लाइ माया गर्दै निरन्तर रुपमा सांगीतिक फाटमा समर्पित हुदै आएकी छिन गायिका सबिता श्रेष्ठ ।

सानै उमेर देखि गित संगीतमा रुचि राख्दै नेपाली सांगीतिक बजारमा आफ्नो नाम स्थापित गराउन चाहने सविताले सात बर्षको उमेर देखि गित संगीतको कक्षा लिन सुरु गरिन । विभिन्न कार्यक्रमहरुमा आफ्नो सुमधुर आवाजको जादु भर्दै दश बर्षको उमेरमानै उनले ब्यबसायिक रुपमा आफ्नो गायन पेशालाई अगाडी बढाउदै आफ्नो पहिलो गित रेकर्ड गरेकी थिइन त्यस पछि २०६४ सालमा आठ वटा गित रेकर्ड गराएर आफ्नो पहिलो गीति एल्बम “प्रेरणा” नेपाली बजारमा लिएर आईन ।

उक्त एल्बममा आठ वटा गितहरु समाबेश गरिएका थिए भने जसमा चर्चित संगीतकारहरु राजु सिंह, टिका भण्डारी, रमेश कायस्थ, लक्ष्मण घिमिरे, सागर गौतमले संगीत भरेका थिए भने क्षेत्र प्रताप अधिकारि र कृष्ण प्रसादको शब्द रहेको थियो । आफ्नो अध्यनलाइ र गायन पेशालाई पनि निरन्तर अगाढी बढाउदै २०७१ सालमा सत्र बर्षको उमेरमा फेरी अर्को गित रेकर्ड गरिन जसको नाम थियो “हीउ जस्तै” जसको संगीत हरि लम्साल र शब्द हरिहर तिमल्सिनाको रहेको थियो ।

आफ्नो अध्यन उच्च शिक्षालाइ पुरा गर्न अमेरिका पुग्नु परे पनि बिदेशी भुमि बाटनै अध्यन र गित संगीतलाई निरन्तर अगाढी बढाउने सोचका साथ लागि परेकी गायिका सबिता श्रेष्ठले अमेरिकामा हुने विभिन्न स्टेज कार्यक्रमहरुमा पनि आफ्नो जादु देखाई सकेकी छिन । मिठो आवाजकि धनि सबिताको समय व्यस्तताको कारणले गर्दा आफ्नै गीतहरु पनि बजारमा ल्याउन नसकेकोमा दुख ब्यक्त गर्दछिन ।

भर्खरै मात्र इश्वर थापाको नया चलचित्रको लागि पार्श्व गायनमा समेत आफ्नो आवाज भरि सकेकी गायिका सबिता भविष्यमा एक कुशल गायिका बनेर नेपाली सांगीतिक नक्षत्रमा आफ्नो छुट्टै पहिचान बनाउने सोचका साथमा मेहनतका गर्दै अगाडी बढेकी छिन ।

आफु जहा भए पनि नेपाली गित संगीत र आफ्नो सस्कृतिलाई माया गरेर आफ्नो मातृभुमिको सेवा गर्न सकिन्छ भन्ने एउटा उदाहरण बन्न सफल गायिका भविष्यमा नर्स बनेर दिन दुखीको सेवा गर्न चाहन्छिन ।

आफ्नो गायन पेशालाई अनि आफ्नो सुमधर आवाजलाई सबै नेपालीहरुको मन मष्तिष्कमा राख्न सफल हुनेमा पनि उनि बिस्वस्त छिन । समाजसेवा गर्न मन पराउने गायिका सबिता श्रेष्ठ भबिष्यमा सांगीतिक क्षेत्रमा नै लागि पर्ने र नेपाली सांगीतिक क्षेत्रमा एक आयाम थप्ने कुरामा उनि बिस्वस्त छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend