साझा नेटवर्क
कमल पौडेल,बागलुङ असोज २१।
बाग्लुङ जिल्लाको दलिङ गाउँबिकास समिति वडा नम्बर ७,८र ९ का स्थानिय जनताको सक्रियतामा ५ किलोमिटर मोटरबाटो निमार्ण गरिएको छ ।
मोटरबाटो निमार्णमा स्थानिय धौलागिरी बिकास युवा क्लबबाट १ लाख ५० हजार गाबिस स्तरिय जनजाति समन्वय कमिटिबाट ८० हजार वडा नम्बर ९ को दिपज्योति महिला समुहबाट ५० हजार वडा नम्बर ८को शिर्जनशिल महिला समुहबाट २० हजार दोहा कतार रोजगारिमा रहेका स्थानिय युवाहरुको पहलमा १ लाख भारतमा रोजगारीमा भएका वडा नम्बर ८का स्थानिय बासीहरुबाट ४० हजार स्थानियको सत्रियतामा संकलन गरेको २ लाख ९६ हजार ३ सय ६० रुपैया गरि ७ लाख ३६ हजार ३सय ६० रुपौया तथा जिल्ला बिकास समितिबाट थप अनुदान ३ लाखमा गंगरे दखि निगलपानी सम्मको बाटो निमार्ण भएको उक्त मोटरबाटो प्युठान अर्खा गाबिस तथा गूल्मीको हवाङदी लगाएत दलिङबासी यस बाट लाभावित हुने भएका छन ।
मोटरबाटो राष्ट्रिय गौरवको योजना सालझण्डी ढोरपाटन जोड्ने मोटरबाटो जोडेर गाउ सम्म ल्याएको छ । मोटरबाटो निमाणमा दलिङका वडा नम्बर ७, ८र ९ का स्थानिय को सत्रियतामा निमार्णकार्य सम्पनन भएको समितिका अध्क्षय शक्तिराम थापाले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा माओबादी केन्द्रका जिल्ला सदस्य प्रेम घर्तिको प्रमुख आथित्याता रहेको थियो । भने बिभिन्न राजनैतिक दल , सामाजसेवी पत्रकार , उपभोक्ता तथा स्थानियहरुको सहभागिता रहेको थियो कार्यक्रममा समितिका अध्क्षय शक्तिराम थापाको अध्क्षयता स्थानिय जुद्ध बहादुर थापाको स्वागतमन्तव्य सञ्चालन टेकु कुमार बुढाले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend