logo
  • शुक्रबार, असोज ९ २०८३

सिवाईसी बचत तथा रिण सहकारी संस्था लि. द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे, गुल्मी असोज २१ ।
सिवाईसी बचत तथा रिण सहकारी संस्था लिमिटेड बुर्तिबाङ शाखाले आफ्नो सातौं समृद्धि दिवसको अवसर पारि बुर्तिबाङमा आज दशैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बागलुङ जिल्ला क्षेत्र नं.३ का सांसद् ज्ञान कुमारी छन्त्यालको विशेषउपस्थिति रहेको थियो । सांसद छन्त्यालले सबैलाई शुभकामना दिंदै सिवाईसी वचत तथा रिण सहकारी संस्था लिमिटेडले ग्रामीण स्तरका जनतासम्म सेवा पुराउनमा उल्लेखनीय कार्य गरेको भन्दै धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका सह प्रमुख लोक बहादुर कुँवर, मालपोत कार्यालय बुर्तिबाङका नायब सुब्बा नन्दराम भुसाल, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिवराज क्षेत्री, लक्ष्मी बैंङ्क बुर्तिबाङका शाखा प्रबन्धक शिशिर भण्डारी, शेयर सदस्य एवं समाजसेवी चन्द्रलाल अर्याल, हरि कुँवर, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं संचारकर्मी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा सिवाईसी बुर्तिबाङ शाखाका प्रबन्धक दामोदर गौतमले सिवाईसी वचत तथा रिण सहकारी संस्था लिमिटेड सेवा केन्द्र बुर्तिबाङको प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा संस्थाको नयाँ शेयर बन्नुहुने नन्दराम भुसाल, शिवलाल सुवेदी, चेत बहादुर कुँवर,सूर्यप्रसाद शर्मा,टंक पुन लगायतलाई सम्मान गरिएको थियो ।

सिवाईसी बचत तथा रिण सहकारी संस्था लिमिटेड बुर्तिबाङ शखाकी संयोजक गण्डकी थापा अधिकारीको अध्यक्षता रहेको उक्त शुभकामना आदान प्रदान कार्यक्रमको संचालन शाखाका सचिव चुडामणि भुसालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend