साझा नेटवर्क
कमल पौडेल, बागलुङ असोज २१।
६१ औं प्रहरी दिवसको अवसर पारेर प्रहरी चौकी खर्वाङले आज शुभकामना आदन प्रदान तथा परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। दगा तुन्डाडामा क्रियाशिल राजनैतिक दल, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था, पत्रकार, स्थानिय व्यावसायी लगाएतको सहभागिता रहेको सो कार्यक्रम वाट चाड पर्व लक्षित नियम हरु समेत सम्पादन गरेको छ।
जस अनुसार कुनै पनि आपराधिक घटना भएमा तुरुन्तै प्रहरीलाई खवर गर्ने, घरेलु हिंसा न्यूनिकरण गर्न स्थानिय स्तरवाटै चेतना मुलक कार्यक्रम संचालन गर्ने, अवैध घरेलु मदिरा तथा सूर्ति जन्य पदार्थ नियन्त्रणको लागी कानून वमोजिम प्रक्रिया अगाडि वढाउने, ट्राफिक व्यावस्थापनलाई चुस्त गराउने लगाएतका निर्णयहरु गरिएको छ।
सो कार्यक्रममा नेपाली काग्रेस दगातुन्डाडाका सुवेदार रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका विष्णु भुसाल, राष्ट्रिय जनमोर्चाका धन वहादुर वुढा, पूर्व खेलकुद विकास समितिका जिल्ला अध्यक्ष सुनिल शेरचन, त्रिभुवन उमाविका शिक्षक प्रेम खरेल, नेपाल पत्रकार महासंघका कमल पौडेल, महिला जागरण केन्द्रका अधयक्ष विना थापा, कृषि तथा पशु विकास समिति रिघाका अध्यक्ष डम्वर श्रीस, खर्वाङ वजार व्यावस्थापन समितिका अध्यक्ष टंक भुजेल, नेपाल मगर संघका झविलाल थापा, मिलन व्यावसायीक कृषि सहकारीका अध्यक्ष विष्णु केसि, उद्योग वाणिज्य संघ खर्वाङ शाखाका वावुराम जिसि लगाएतले शुभकामना तथा समसामयीक विषयमा प्रहरीको भूमिका र नागरिक तथा प्रहरीको सम्वन्धको विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम प्रहरी नायव निरिक्षक भोज वहादुर वानियाको संयोजन तथा हवल्दार तुल्सीराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend