logo
  • शुक्रबार, असोज ९ २०८३

नेपालभर फैलदै स्मार्ट स्कूल, शिक्षक र विद्यार्थी दुबैको लागि उपयोगी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण खनाल, गुल्मी असोज २०।
नेपालभर फैलदै स्मार्ट स्कूल,शिक्षक र विद्यार्थी दुबैको लागि उपयोगी कालोपाटी,सेतोपाटी, स्मार्टबोर्ड हुदै अगाडी बडीरहेको नेपाली शिक्षण पद्धति त्यसमाथी बजारमा व्याप्त अडियो भिडियो कक्षा लाई समेत चुनौति दिदै नेपालमा पहिलोपटक बिदेशी स्तरको शैक्षिक सामाग्री र बिद्यार्थीहरुलाई बुझाएर सिकाउन सकिने गरि थ्रिडी एनिमेसनबाट निर्माण गरिएको स्मार्ट स्कूल सफ्टवेयर नेपालमा लागु भएको छ ।1-1

पाठ्यक्रम बिकास केन्द्र नेपालको पाठ्यक्रममा आधारित उक्त सफट्वेयर नेपालका विद्यालय, शिक्षक तथा विद्यार्थीहरुको मनोभावना अनुसार करिब ३ वर्षको अध्ययन र अनुसन्धान पछि निर्माणगरि कक्षा १० सम्मका विषयहरुको सामग्री नेपाली बजारमा सार्वजनिक गराएको जानाकारी कम्पनीले दिएको बताए ।

स्वस्तिक कम्प्युटर प्रा.लि. नामको कम्पनीले निर्माण गरेको उक्त सफ्टवेयर अहिले नेपाली बजारमा चर्चामा रहेको छ । दुर्गमका जिल्लाहरुका विद्यालयमा जानसमेत आनाकानी गर्ने विद्यार्थीहरुलाई पनि विद्यालयमा उपस्थित भई अध्ययन गर्न प्रोत्साहित गर्ने खालले डिजाईन गरिएको उक्त सफ्टवेयर अध्यापन गराउने शिक्षकरुलाई पनि अत्यन्तै उपयोगी देखिएको बताए ।

शिक्षामा सुचना प्रविधीसँग सम्बन्धीत कामगर्ने गरि स्थापना भएको स्वस्तिक कम्प्युटर प्रा.लि.ले अहिले नेपालभर आफ्ना च्यानल पार्ट्नर बनाएर विद्यालयहरुमा जडानर विक्रीपछिको सेवा दिदै आईरहेको कम्पनीका व्यवस्थापक कृष्ण खनालले जानाकारी गराएका छन् ।

नेपालका लागि आधिकारीक वितरकको रुपमा पहिलोपटक नेपालका सबैजसो विद्यालयहरुका लागि उपयोगीहुने गरि के(यान नामको शैक्षिक सामग्री भित्राएको र त्यससँगै स्मार्ट स्कुल को प्याकेज उपलब्ध गराउने गरि काम सुरुगरेको कम्पनीले अहिलेसम्म करिब १०० बढी विद्यालयहरुको यो प्रविधी जडान गरिसकेको जानाकारी, कम्पनीका प्रोडक्ट म्यानेजर तारा प्रसाद पाण्डेले दिए ।

एउटै डिभाईसमा डिजिटल कक्षाको लागि चाहिने सम्पूर्ण सामग्री भएकोले जुनसुकै कक्षाहरुमा सञ्चालन गरि अध्ययन अध्यापन गराउने उक्त शैक्षिक सामाग्री अत्यन्तै उपयोगी,प्रयोग गर्नसमेत सजिलो भएको र उक्त प्रविधीबाट पढाउदा आफुलाई पनि धेरैकुरा सिक्ने अवसर मिलेको अनुभव विभिन्न विद्यालयका शिक्षक, शिक्षिका हरुले समेत बताए ।
यसरी नेपालमा नयाँ नयाँ प्रविधीयुक्त शैक्षिक सामाग्री भित्रिरहेको सन्दर्भमा नेपाल सरकारले पनि अलिकति चासो देखाँई शैक्षिक सुधारका लागि अनुकुल र प्रभावकारी देखिएमा नेपालका विद्यालयहरुमा लागु समेत गर्नुपर्ने  बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend