logo
  • शुक्रबार, साउन २९ २०८३

निर्बाचन आचार संहिता उलङ्घन सँगै कालीगण्डकीमा झुटको खेती गर्दै रास्वपा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन २९ २०८३

बायाँ: रास्वपा सभापति डोलबहादुर खत्रीको आरोप दायाँ: क्षेत्र नं १ का उम्मेदवार प्रदिप ज्ञवाली सादा खान लागेको फोटो

सज्जन ढकाल, गुल्मी माघ,२९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालीगण्डकी गाउँपालिका सभापति डोल बहादुर खत्रीले सामाजिक सञ्जालमार्फत नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप ज्ञवालीविरुद्ध अप्रमाणित आरोप लगाएको भन्दै एमालेले आपत्ति जनाएको छ।

खत्रीले फेसबुक स्टाटसमा कालीगण्डकी गाउँपालिका–३ लम्सराङ्ग छापमा “सूर्य चिन्हका उम्मेदवार प्रदीप ज्ञवाली र गाउँपालिका नेता रामजी ढकालको उपस्थितिमा आठ हजार रुपैयाँको बोका काटेर भोज गरिएको” दाबी गरेका छन्। उनले उक्त गतिविधिलाई “जनताको दिमागमा गोबर भर्ने ठूलो षड्यन्त्र” भन्दै टिप्पणी गरेका छन्। तर, सोही दिन चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सहभागी एमाले उम्मेदवार ज्ञवाली र कार्यकर्ताहरूले सादा दाल–भात सेवन गरेको तस्बिर सार्वजनिक भएको छ।

एमाले पक्षले रास्वपा नेताको अभिव्यक्तिलाई “भ्रम फैलाउने नियोजित प्रयास” भएको आरोप लगाएको छ। निर्वाचन नजिकिँदै जाँदा गलत सूचना प्रवाह र आचारसंहिता उल्लंघनका घटनाप्रति निर्वाचन आयोगले निगरानी बढाएको जनाएको छ। आयोगले आचारसंहिता विपरीत गतिविधि गर्ने व्यक्ति वा दललाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ। यस विषयमा नेकपा एमाले क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले सामाजिक सञ्जालमार्फत तथ्यहीन आरोप लगाएर जनमत प्रभावित पार्ने प्रयास गरिएको भन्दै आवश्यक परे कानुनी उपचारको बाटो अपनाइने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend