साझा नेटवर्क
टोपलाल अर्याल ,गुल्मी असोज १९।
सुआहारा कार्यक्रम अन्तरत गत जिल्ला स्तरिय अभिमुखिकरण गोष्टि सदरमुकाम तम्घासमा सम्पन्न भएको छ। जिल्ला स्तरिय खाद्य सुरक्षा तथा निर्देशन समितिका अध्यक्ष एवं निमित्त स्थानीय विकास अधिकारी प्रकाश थापाको अध्यक्षता रहेको गोष्टिमामा जिल्ला विकास समितिका योजना अधिकृत शरोज कुमार पोख्रेलले बहुक्षेत्रिय पोषण योजना,जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रामजी बानियाँले जिल्लामा पोषण कार्यक्रमको अवस्था र परियोजना संयोजक ज्ञानदिप आचार्यले सुआहारा कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

गोष्टिमा जिल्ला स्तरीय सरोकारवालाहरुलाई सुआहारा–२ कार्यक्रमको बारेमा जानकारी गराउने तथा पहिलो वर्षमा गरिएका जिल्ला÷गाविस स्तरीय क्रियाकलापहरुको बारेमा जानकारी गराइएको थियो ।
सुआहारा–दुई कार्यक्रम सुआहारा–एक अर्थात एकीकृत पोषण अभियानको निरन्तरता हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र अमेरिकी सहयोग नियोग युएसएडको आर्थिक सहयोग गुल्मीसहतिका ४० जिल्लामा यो कार्यक्रम लागु गरिएको छ ।
सुआहारा बहुक्षेत्रीय कार्य पद्धति, अप्रिल २०१६ देखि मार्च २०२१ सम्म संचालन हुने सुआहारा कार्यक्रमका गुल्मी जिल्ला संयोजक ज्ञानदिप आचार्यले जानकारी दिनुभयो ।
पहिलो बर्ष घरायसी पोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य अभ्यासहरूमा सुधार गर्ने, घर धुरीहरूको गुणस्तरयि पोषण तथा स्वास्थ्य सेवाको उपयोगमा अभिवृद्धि गर्ने (सेवा गुणस्तर र पहँच), घरधुरीको विविध र पोषकतत्व बढी भएका खानेकुरासम्मको पहँच अभिवृद्धि गर्ने (खाद्य उत्पादन सुरक्षा), सबलीकृत स्थानीय शासनमार्फत बहुक्षेत्रयि पोषण योजनाको कार्यान्वयनलाई तिव्रता दिन विभिन्न कार्यक्रम संचालन गरेको सुआहारा कार्यक्रमले अवको पाँच बर्ष पनि विभिन्न कार्यक्रम संचालन गर्ने संयोजक आचार्यले जानकारी दिनुभयो ।
आगामी दिनमा जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीको सहकार्र्यमा पोषण परामर्श,स्वास्थ्य सेवा सुधार, स्वास्थ्य सेवा प्रदायकहरुको क्षमता विकास, जिल्ला कृषि विका कार्यालयको सहकार्यमा पोषिलो र विविध खानाकोे पहुँचमा वृद्धिका लागि घरायसी बगैंचा व्यवस्थापन र प्रवर्धन सम्बन्धि विभिन्न कार्यक्रम संचालन गरिने कार्यक्रम लागु गर्ने संस्था एकिकृत ग्रामिण विकास समाज गुल्मीका कार्यकारी निर्देशक गणेश श्रीपालीले जानकारी दिनुभयो ।
त्यस्तै पशु सेवा कार्यालयको सहकार्यमा पोषिलो र विविध खानाकोे पहुँचमा वृद्धिका लागि कुखुरा पालनको उन्नत व्यवस्थापन र प्रवर्धन,जिल्ला खानेपानी तथा सरसफाई डिभिजनकार्यालयसंगको सहकार्यमा स्वच्छ चर्पीको प्रयोग, साबुन पानीले हात धुने बानी, पानीको स्वच्छता व्यवस्थापन, खानामा स्वच्छता व्यवस्थापनको प्रबद्र्धन गर्ने कार्यक्रम संचालन हुने निर्देशक श्रीपालीले बताउनुभयो ।
जिल्ला शिक्षा कार्यालयसंगको समन्वयमा पोषण तथा सरसफाईको अभिमुखिकरण कार्यक्रम विभिन्न बिद्यालयका प्रधानाध्यापक,श्रोत शिक्षक,विद्यालय व्यवस्थानपन समिति तथाशिक्षक अभिभावक संघहरुलाई दिइने छ ।
महिला तथा बालबालिका कार्यलयको सहकार्यमा पोषणका प्रतिफलहरुलाई वञ्चितमा परेका महिला तथा सीमान्तकृत समुहको पहुचूमा पु¥याउन उपयुक्त वातावरणको सृजना गर्ने कार्यक्रमहरु संचालन हुने परियोजनाले जनाएको छ ।
पहिलो कार्यक्रम संचालन भएपछि महिला स्वास्थ्य स्वयं सेविकाले गर्ने घरदैलो र आमा समूहमा गएर गर्ने कार्यक्रम मार्फत पोषण, स्वास्थ्य र सरसफाइका अभ्यासहरूमा सुधार भएको । संस्थागत सुत्केरी गराउने अभ्यासमा आएको वृद्धिसँगसँगै बच्चालाई बिगौती दूध खुवाउने आमाहरूको संख्यामा वृद्धि भएको संस्थाले जनाएको छ ।
त्यस्तै गर्भावस्थामा पोषणयुक्त खानाको उपभोग बढेको । घरमा हात धुवाइ गर्नेको संख्या तथा प्रक्रियामा सुधार आएको, सफा शौचालयसम्मको पहुँच बृद्दि भएको, खुला दिसामुक्त अभियानको प्रवद्र्धन, पाोषण कार्यक्रममा स्थानीय सरकारी निकायको क्रियाशिलतामा वृद्धि भएको सुआहारा कार्यक्रमले जनाएको छ ।
कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण राजनितीक दलका प्रमुख तथा प्रतिनिधि,बिषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधी,पत्रकार,परियोजना संचालन गर्ने संस्था तथा सुआहारा कार्यक्रमका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको संचालन जिल्ला विकास समिति गुल्मीका कार्यक्रम अधिकृत बिनोद मरासिनीले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend