logo
  • शुक्रबार, असोज ९ २०८३

शान्ति तथा द्वन्द व्यवस्थापन सम्बन्धी पिस पोस्टर प्रतियोगितामा पामिर ईन्टरनेशनल विजेता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

यमलाल भुसाल, बुटवल मंसिर २ ।
रोटरी क्लब अफ बुटवलले आयोजना गरेको शान्ति तथा द्वन्द्व व्यवस्थापन सम्बन्धी पिस पोस्टर प्रतियोगितामा पामिर ईन्टरनेशनल एकेडेमी विजेता भएको छ । प्रतियोगितामा फस्ट रनर अफमा दीप वोडिङ हाईस्कुल र सेकेन्ड रनर अफमा अक्सफोड सेकेन्डरी स्कुल भएका छन । त्यस्तै प्रतियोगिताको सान्तोना पुरस्कारबाट न्यू इनभारोमेन्ट ईङलिस स्कुल भएको छ ।

प्रतियोगितामा विजेताले नगद ८ हजार सहित मेडल र टफ्रि पुरस्कार प्राप्त गरेको छ भने फस्ट रनर सेकेन्ड रनर र सान्तोनाले क्रमश ५ , ३ र २ हजार नगद मेडल र टफ्रि पुरस्कार प्राप्त गरेका छन । विजेता तथा उप विजेताहरुलाई क्लबका अध्यक्ष कृष्ण पराजुली निर्वतमान अध्यक्ष प्रज्वल थान्जु , दीप वोडिङ स्कुलका अध्यक्ष राजेन्द्र ध्वजु कार्यक्रम संयोजक डीआर पन्थीले पुरस्कार प्रदान गर्नु भएको क्लवका सचिव शिव कुमार ज्ञवालीले बताउनु भयो ।

प्रतियोगितामा १२ देखि १८ वर्ष उमेर समुहका इन्टयाक्ट क्लवमा आवद्धहरुले ामा प्रतिष्पर्धा गरेका थिए । यस क्षेत्रका ११ वटा विद्यालयवाट १८ जना विद्याथीको सहभागिता रहेको थियो । प्रतियोगितामा शान्ति र द्धन्द्धका सन्र्दभमा देखिएका सामाजिक परिबेश, के गर्दा शान्ति स्थापना गर्न सकिन्छ र द्धन्द्ध कसरी शुरु हुन्छ भन्नेवारेमा युवा विद्यार्थीहरुले निकै रोचक प्रस्तुती देखाएको क्लब अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend