साझा नेटवर्क
प्रिन्स मिश्रा कपिलवस्तु, महाराजगन्ज नगरपालिकाकाे एउटा विद्यालयका व्यवस्थापन समितिले विद्यालय उत्कृस्ट हुने छात्रालाई ल्यापटप हस्तान्तरण गरेकाे छ ।
महाराजगन्ज वड़ा नं ६ अवस्थित शिव प्रताप माध्यमिक विद्यालय भलवारीमा विगत ८ वर्ष देखि एसईई परिक्षामा विद्यालय उत्कृष्ट हुने छात्रछात्रालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेश प्रताप शाह द्वारा ल्यापटप उपहार दिने कार्यक्रम निरन्तर भई रहेको छ ।
छात्र तर्फ A र छात्रा तर्फ B+ ल्याउने विधार्थीलाई अध्यक्ष शैलेश प्रताप शाहले व्यक्तिगत खर्चमा ल्यापटप दिने गरेका छन। आज एक कार्यक्रमका बीच अध्यक्ष शाहले एसईई परीक्षा २०८१ मा ३.३० जिपिए ल्याएकी मनीषा बनियालाई एउटा ल्यापटप सहित सम्मानपत्र प्रदान गरिएकाे हाे ।
उत्कृष्ट विद्यार्थीलाई प्राेत्साहन सहित उच्च शिक्षामा सहयाेग स्वरुप ल्यापटप प्रदान गरिएकाे अध्यक्ष शाहले बताउनुभयाे । यस्ता प्राेत्साहन कार्यले पुरस्कृत विद्यार्थीकाे मनाेबल बढाउनुका साथै विद्यालयका अन्य विद्यार्थीलाई प्रेरणा दिने शाहकाे भनाई छ । कार्यक्रममा समाजसेवी निर्भय सिंह, वडाध्यक्ष रामसिंह कुर्मी , लगायत विद्यालयका शिक्षक , कर्मचारी समेतकाे उपस्थिति थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend