logo
  • शुक्रबार, असोज ९ २०८३

चाडवाडको सुरु सँगै खर्वाङ बजारमा सुरक्षा समन्वय समिति गठन , सिसि क्यामेरा मर्मत गर्न पालिकालाई आग्रह


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

कमल पौडेल ३१ भाद्र । खर्वाङ पछिल्लो परिस्थितिमा सुरक्षा खतरा बढिरहेको भन्दै खर्वाङका स्थानियहरुले बजार सुरक्षा समन्वय समितिको गठन गरेका छन्। उद्योगी व्यवसायी हरुको आह्वान तथा वडा कार्यालयको समन्वयमा भएको भेलाले बल बहादुर पुन संयोजक र टंक भुजेल सहसंयोजक रहेको ११ सदस्यीय सुरक्षा समन्वय समितिको गठन गरेको छ।

भेलाले बजार क्षेत्रमा होटलहरु रातको ९ बजे बन्द गरिसक्ने, पसलहरु ८ बजे बन्द गर्ने लगाएतका निर्णय गरेको छ। भेलाले मदिराजन्य, सूर्तिजन्य सामाग्रिको बेचबिखन गर्दा अनिवार्य कानुनको पालना गर्नुपर्ने भन्दै सार्वजनिक स्थलमा, सडक, होटल लगायतका ठाउँमा धुम्रपान बढेको भन्दै कानुन विपरित भेटिएको खण्डमा नियन्त्रण गरि प्रहरीलाई बुझाउने, बजार क्षेत्रमा राखिएका सिसि क्यामरा काम नगरेको देखिएकोले सो को मर्मतको लागि वडा मार्फत पालिकामा अनुरोध गर्ने निर्णय गरेको छ।

खर्वाङ प्रहरी चौकीको समेत रोहवरमा भएको भेलाले चौकीमा दरबन्दी अनुसार सुरक्षाकर्मी नभएकोले दरबन्दी अनुसारकै जनशक्ति व्यवस्थापनको लागि वडा हुँदै पालिका मार्फत सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ। भेला वडा अध्यक्ष ढाल प्रसाद शेरचनको अध्यक्षता तथा उद्योग वाणिज्य संघ बडिगाडका अध्यक्ष खगिश्वर अर्यालको सहजिकरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend