logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी सेवा समाज कतारको “तिज विशेष एवं दरखाने” कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार “अविरल” पन्थी, कतार भदौ ०१।
हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर गुल्मी सेवा समाज कतारले आयोजना गरेको “तिज विशेष एवं दरखाने कार्यक्रम” सम्मपन्न गरेको छ । कार्यक्रम शुक्रवार कतारको सनैया स्थित सेन्चुरी रेस्टुरेन्टको सभाहलमा समाजका कावा अध्यक्ष सुरज चन्दको सभापतित्व तथा प्रमुख संरक्षक बुद्ध पाण्डेयको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
विधिवत रूपमा उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रियगान, राष्ट्र निर्माणको निमित्त योगदान पुर्‍याउने ज्ञातअज्ञात सहिद तथा स्वर्गीय झबिन्द्र आचार्यको सम्झनामा मौनधारण गरिएको थियो । समाजका प्रथम उपाध्यक्ष देव लम्सालले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रम संयोजक कल्पना घर्तीले कार्यक्रम बारे प्रष्ट पार्दै हरितालिका तिजको शुभकामना समेत व्यक्त गरिन ।
कार्यक्रममा लोक तथा दोहोरी गायिका तारा बिसी लगायत अन्य गुल्मेली कलाकारहरूले सागिंतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा उपस्थित रहेका दिदीबहिनीहरू मज्जाले झुमेर नाचेका थिए । कार्यक्रममा तमु गुरुङ समाज कतार र गुल्मी सेवा समाज कतार बिच रहेको चेली माइतीको सम्बन्धलाई थप प्रगाढ बनाउदै कोशेली प्रदान गरेका थिए । समाजले कार्यक्रममा उपस्थित तमु गुरुङ समाजमा आबद्ध रहेका चेलीबेटीहरूलाई कृतज्ञता समेत व्यक्त गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेयले बोल्दै समाजले विगत लामो समयदेखी तिज विशेष कार्यक्रम मनाउँदै आएतापनि कतार बसाइमा पहिलो पटक समाजले अत्यन्तै पृथक् रूपमा तिज विशेष कार्यक्रमको आयोजना गरेर भव्य रूपमा सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । रोजगारीको सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्म भूमि बनाई श्रम गरिरहनु भएका सम्पूर्ण गुल्मेलीहरूलाई समाजसँग जोडिन पनि आग्रह गरे ।

पाण्डेयले कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुनै समस्या परेमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय कतारले केही दिन पहिले सुचारु गरेको हेल्प लाइन नम्बर ७०००१३५३ मा सम्पर्क गर्न आग्रह गरे ।

कार्यक्रमलाई समापन गर्दै सभापति चन्दले कार्यक्रम भव्यता साथ सम्पन्न गर्नका लागि अहोरात्र खट्नुहुने कार्यक्रम संयोजक, कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु तथा उपस्थित सम्पूर्ण दिदीबहिनीहरूलाई धन्यवाद एवं आभार व्यक्त गरेका थिए ।

कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेली दिदीबहिनी तथा दाजुभाईहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई समाजका सचिव कुमार राहादी मगर र उपाध्यक्ष दर्शन सुनारले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend