साझा नेटवर्क
दर्शन सुनार, कतार साउन २७।
कतारमा रहेका गुल्मेलीहरूको साझा संस्था गुल्मी सेवा समाज कतारले तिज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर समाजले आगामी शुक्रवार “तिज विशेष एवं दरखाने कार्यक्रम” को आयोजना गरेको हो ।
समाजका का.वा. अध्यक्ष सुरज चन्दले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।समाजका प्रमुख संरक्षक बुद्ध पाण्डेयले संस्थाले स्थापना काल देखि नै हरेक वर्ष तिज विशेष कार्यक्रम मनाउँदै आएको थियो । कोरोनाको कारणले बिचका केही वर्ष निरन्तरता दिन सकेका थिएनौँ। यद्यपि यो बर्ष देखि पुन सुचारु गरिएको पाण्डेय बताउँछन् ।
रोजगारीको सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्म भूमि बनाई श्रम गरिरहनु भएका सम्पूर्ण गुल्मेलीहरूलाई गुल्मी सेवा समाज कतार सँग आबद्ध भई सामाजिक कार्यमा सहयोग गर्नुहुन पाण्डेयले अनुरोध समेत गरेका छन् ।
आगामी शुक्रवार प्लाजा मलमा रहेको सेन्चुरी रेस्टुरेन्टको सभा हलमा दिउँसो एक बजे देखी कार्यक्रम सुचारु हुने कार्य तालिका रहेको कार्यक्रममा कतारमा रहेका गुल्मेली कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहने समाजका सचिव कुमार राहादी मगरले बताए ।
कतारमा रहेका गुल्मेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिको लागी समाजकी महिला संयोजक कल्पना घर्तीले अनुरोध गरेकी छिन ।
“गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा स्थापना भएको सामाजिक संस्थाले कतार तथा गृह जिल्ला गुल्मीमा हरेक सामाजिक कार्यमा सक्रिय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend