logo
  • शुक्रबार, असोज ९ २०८३

प्रहरीका लागि नेशनल मेडिकल कलेजद्वारा स्वास्थ्य सेवामा विशेष छुट


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रन्जित चौरासिया, वीरगंज २७ जेठ । नेशनल मेडिकल कलेज वीरगंजले नेपाल प्रहरी, भूतपूर्व प्रहरी र प्रहरीका परिवारहरूलाई स्वास्थ्य सेवा विशेष छुट उपलब्ध गराउने भएकाे छ । छुट प्रदान गर्नकाे लागि नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्सा बीच आज दुई पक्षीय सम्झौता भएकाे छ ।

सम्पन्न सम्झाैता अनुसार नेपाल प्रहरीमा कार्यरत बहालवाला, भुतपुर्व नेपाल प्रहरी कर्मचारीहरु तथा निजका आश्रित परिवारजनहरुलाई बिभिन्न स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुबिधा उपलब्ध गराइने छ । सम्झौतामा मेडिकल कलेजका तर्फबाट कलेजका प्रबन्धक शहानवाज अंसारी र नेपाल प्रहरीका तर्फबाट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गाैतम मिश्रले हस्ताक्षर गरेका छन् ।

अस्पतालले स्वास्थ्य सुविधा अन्तर्गत नेपाल प्रहरीका नेपाल प्रहरीमा कार्यरत बहालवाला, भूतपूर्व नेपाल प्रहरी कर्मचारीहरू तथा निजका आश्रित परिवारजनलाई ८ देखि ५० प्रतिशत सम्म छुट प्रदान गर्ने नेशनल मेडिकल कलेजका प्रबन्धक शाहनवाज अंसारीले जानकारी दिए ।

उनका अनुसार अस्पताले बहालवाला नेपाल प्रहरीलाई ओपिडि टिकटकमा ५० प्रतिशत, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २५ प्रतिशत, भिडियाे एक्सरे, एक्सरे, इसिजि लगायतकाे सेवामा पनि २५ प्रतिशत छुट प्रदान गर्ने छ ।

यसैगरी भूतपूर्व नेपाल प्रहरी कर्मचारीहरू र निजहरूको आश्रित परिवारजनलाई समेत ओपिडि टिकटकमा ५०%, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २० प्रतिशत, भिडियाे एक्सरे, एक्सरे, इसिजि लगायतकाे सेवामा पनि २० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएकाे छ ।

साे अवसरमा कलेजमा संचालक प्रो.डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरीक्षक सुबास भट्ट लगायतको पनि उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend