logo
  • शुक्रबार, असोज ९ २०८३

युवा संघ पर्साले स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा आश्रितलाई खाना खुवायो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

 रन्जित चौरासिया,  वीरगंज १ जेष्ठ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले बिहिवार ३६ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम वीरगंजमा खाना खुवाएको छ ।वीरगंज महानगरपालिका वडा नं. २५ स्थित मानव सेवा आश्रममा आश्रित करिब ५० जना वृद्ध आमा दिदी बहिनीहरुलाई खाना खुवाईएको छ ।
युवा संघ नेपाल पर्साका अध्यक्ष राज श्रीवास्तवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज अनिल पटेलले पानसमा दीप प्रज्वलन गरी उदघाटन गरेका थिए ।नेकपा एसका महाधिवेशन प्रतिनिधि समेत रहेका प्रमुख अतिथि पटेलले युवाहरुको जमात अन्याय, अत्याचार र भ्रष्टचारको विरोध तथा बिचौलिया सामन्तवादको बिरोधमा दबाब मुलक कार्यक्रमहरु समय परिस्थिति अनुसार गर्दै अगाडि बढन सुझाएका थिए । देशको विभिन्न परिवर्तनको आन्दोलनमा अह्म भूमिकामा रही युवा संघ नेपाल आफ्नो कदम चाल्दै आएको बताए । उनले वि.सं. २०४७ जेष्ठ १ गते स्थापना भै सङ्गठित हुदै युवा संघ नेपालले आफ्नो दायित्व र जिम्मेवारीहरु निर्वाह गर्दै आएको बताए ।

सो अवसरमा नेकपा एकीकृत समाजवादीका महाधिवेशन प्रतिनिधि एवं समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सल्लाहकार समेत रहेका राघव साहले युवा संघले आफ्नो ३६ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा आश्रित अनाथ बृद्ध आमा तथा दिदीबहिनीहरुलाई खाना खुवाएर प्रशंसनिय कार्य गरेकोमा आयोजकलाई धन्यबाद दिएका थिए ।
सो अवसरमा मानव सेवा आश्रम वीरगंजका प्रमुख दिवेश मानवसेवाले हाम्रो आश्रम सहयोगी दाताहरुको कृपाले चलेको हुनाले आज युवा संघ पर्साले सहयोग गरी आश्रित आमा दिदीबहिनीहरुलाई खाना खुवाएकोमा आभार प्रकट गरेका थिए ।

सो अवसरमा नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रिय उपाध्यक्ष आकाश पटेल, नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव अजय चौरसिया, नेकपा एसका नेताहरु राधेश्याम सिंह, द्वारिका श्रीवास्तव, मदन कुर्मी, राम अयोध्या पटेल तथा युवा संघका प्रताप पटेल, दीपक साह, राम नारायण, सकलदेव यादव, रणजीत यादव, प्रेम यादव, राम पटेल, प्रदीप कुशवाहा, छोटु पटेल, कन्हैया साह, विश्वजित सिंह, उपेन्द्र पटेल, विशाल यादव, आयुष श्रीवास्तव, दीपेन्द्र पटेल, सुग्रीम पटेल लगायतको सहभागिता रहेको थियो ।सो कार्यक्रमको संचालन नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रिय सदस्य एवं पर्सा जिल्ला अध्यक्ष विशेश्वर पटेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend