साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज १२ बैशाख ।
यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त अधिकृत चन्द्रशेखर साहले सेवाग्रहीहरुलाई दुहुनो गाई बनाउने कार्यमा माहिर देखिएका छन् । उनले ठूलो सवारी शाखाको फाँट प्रमुख भई सेवाग्रहीहरु सँग मोटो रकम असुली राखेको भुक्तभोगीहरु बताउंदछन् ।
अधिकृत साहले वीरगंज यातायात कार्यालयमा करिब ७ वर्ष देखि कार्यरत्त रहेका छन् । उनको सरुवा बीच–बीचमा भईरहँदा पनि उनी १०÷१५ दिनको लागि रवाना लिएर जान्छन र शक्ति केन्द्रको आडमा पुनः वीरगंज यातायात मै आउने गर्दै आएका छन् । अधिकृत साहको करिब ७ वर्षको बसाईमा उनी करिब २० करोडको सम्पत्ति आर्जन गरेको र ती सम्पत्तिहरु आफ्ना नातागोताहरुको नाममा राखेको उनका निकटवर्तीहरु बताउंदछन् ।
हाल ट्रायल प्रमुख भई सवारी चालकका सेवाग्रहीहरुलाई हैरान गर्ने गरेको कारण लाईसेन्सको काम बदनाम हुदै गएको बताईन्छ । अधिकृत साहले ट्रायल प्रमुख भएको नाताले सवारी चालकको परीक्षामा फेल भएका सेवाग्रहीहरु सँग रकम उठाई कार्यालयमा ठूल–ठूलाको सिफारिस हो भनि परीक्षा समितिलाई झुक्याउदै अनावश्यक तरिकाले लाखौं लाख कमाईराखेको स्रोतको कथन रहेको छ ।
अधिकृत साहले कुन मितिमा सरकारी जागिरेमा प्रवेश गरेका हुन र उनको जम्मा तलब कति भएको छ तथा उनका हालको सम्पत्ति कति रहेको छ ? यस सन्दर्भमा नियमनकारी निकायको ध्यान नजादाँ अधिकृत साहबाट ठगिएका भुक्तभोगीहरु आश्चर्यमा रहेका छन् ।
यस सन्दर्भमा अधिकृत साह सँग प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend