साझा नेटवर्क
प्युठान २७ चैत । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) प्युठानको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि मसानघाट पुगेकाे राजतन्त्र कुनै पनि हालतमा नफर्कने दावी गरेकी हुन ।
लामाे समय म्युजियममा थन्क्याएर राखेको व्यक्तिको पक्षमा अहिले सडकमा आन्दोलन गर्ने अवस्था आउनुमा हाम्रा केही कमजोरी भएको भन्दै उनले लाेकतन्त्रवादी राजनीति दलहरूले समीक्षा गर्नुपर्ने आवश्यकता आएको समेत बताइन्। मुलुकमा यति धेरै परिवर्तन ल्याउन मुख्य भूमिका निभाउने राजनीति दलका नेतृत्व गर्ने नेताहरूले अब समीक्षा गरेर नसुध्रिए आगामी निर्वाचनमा हामी लोकतान्त्रिक शक्तिहरूको अवस्था दयनीय हुने उनको तर्क छ ।
हामीसँग दुईवटा मात्रै विकल्प छन पहिलो सुध्रिने या दाेस्राे सक्किने उनको भनाई छ । दुई दशक पनि समय भएको छैन हामीले ल्याएको परिवर्तनमाथि धावा बोल्ने समय कसका कारणले भयाे उनले भनिन` अब हामी समीक्षा नगर्ने र समयअनुसार परिवर्तन भएर चल्न सकिएन भने हामी सडकमा हिँड्दा पनि जनताले चड्कन हान्ने दिन छिट्टै आयो ।´ हामी करेक्सन भएनाै भने आगामी स्थानीय, प्रदेश र सघंकाे निर्वाचनमा हाम्रा नेता कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवार वनेर मैदानमा देखिने छन उनले बताईन ।
मुलुकमा धेरै परिवर्तन ल्याएका राजनीति दलका नेताहरू सुध्रिन नसक्ने र समय अनुसार चल्न नसक्ने हाे भने राजनीतिबाट ग्रेसफुल एक्जिट नै अहिलेको आवश्यकता हाे उनकाे भनाई छ । प्युठान जिल्लाको १० औ जिल्ला अधिबेशनकाे उद्घाटन पूर्वमन्त्री तथा पार्टी केन्द्रीय उपमहासचिव मेटमणी चाैधरीले गरेका हुन भने कार्यक्रम पूर्वमन्त्री साेम प्रसाद पाण्डे लगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend