साझा नेटवर्क
शिव सुवेदी, बुटवल चैत २३ ।
अर्घाखाँचीकाे मालारानीमा जिप दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्युु भएको छ । दुर्घटनामा अर्का दुई जना गम्भीर घाइते भएका छन । लु २ च २९९० नम्बरको डवलक्याप लुटीपाेखरीदेखि खनदह जाँदै गरेको जिप ढुङ्गागाडेमा दुर्घटनामा परेको हाे ।
सडकबाट २ सय ५० मिटर भन्दा तल खसेको हाे । विहान ४ वजेतिर रातिको समयमा सडकबाट धेरै तल अप्ठ्यारोमा जिप खसेकाले उद्वारमा समेत समस्या भएको बताएको छ ।
दुर्घटनामा परि जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका ४ का २१ वर्षिय दिलिप खनाल साेही ठाउँका २३ बर्षिय वालकृष्ण रिजालकाे ज्यान गएको हाे भने साेहि ठाउकै भुवन पाेखरेल र वसन्त पाेखरेल गम्भीर घाइते भएका छन ।
घटनास्थलमा पुगेका ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख निरज गाैतमका अनुसार गम्भीर घाईतेहरुलाई सन्धिखर्कमा सामान्य उपचार गरि थप उपचारका लागि बुटवल पठाईएकाे छ । घटनाको वारेमा थप अनुसन्धान भैरहेकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend