logo
  • शुक्रबार, असोज ९ २०८३

नवौँ वार्षिकोत्सवसँगै स्वाद उत्सव गर्दै होटल पाैवा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

शिव सुवेदी  बुटवल २२ चैत ।  ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ स्थापना भएको होटल पाैवाले आफ्नो नवाैं वार्षिकोत्सव मनाउन लागेको छ । पाैवाले स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पारेर स्वाद उत्सव गरि आफ्नो वार्षिकोत्सव धुमधामका साथ मनाउन लागेको हाे । हाेटल पाैवाका अध्यक्ष दुर्गा भण्डारीका अनुसार  चैत २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा  स्वाद उत्सव गर्न लागिएको हाे ।

स्वाद उत्सवमा नेपाली स्वाद र नेपाली संस्कृति झल्किने मौलिक खानाका परिकारहरू चाख्न पाइने अध्यक्ष भण्डारीले बताए ।वार्षिकोत्सवको खुसियालीमा देशभरका शाखाहरूमा विभिन्न नेपाली खानाका स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य हामीले राखेका छाै, `यस अवसरमा हाम्रा पाहुनाहरूले साच्चिकै नेपाली मौलिक खानाको स्वाद पाउनुहुन्छ भण्डारीकाे भने ।´ स्थापनाकालदेखि नेपाली हस्पिटालिटी दिने प्रण गर्दै आएको हाेटल पाैवाले आफ्ना सवै शाखाहरूबाट अहिले पनि नेपाली स्वाद, नेपालीपनको सत्कार, नेपाली पाेसाक, नेपाली कला र संस्कृतिकाे जगेर्ना गर्दै आएकाे छ ।

नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित स्वाद उत्सव कार्यक्रम आफ्ना सबै शाखाहरूबाट एकसाथ सञ्चालन हुनेछ ।  गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटेल पौवाले आफ्नो पहिलो यात्रा सुरु भएको थियो । अहिले हाेटल पाैवाले देशका  डेढ दर्जन स्थानमा आफ्नो शाखा विस्तार गरेर सेवा दिदै आएको छ भने करि एक हजारले रोजगारी पाएका छन । पाँचतारे होटेल पाैवा हाेटलसँग पौवा वनवास रिसोर्टसमेत सञ्चालन ल्याउने तयारीमा हाेटल पाैवा रहेको छ । स्वाद उत्सवमा सहभागी हुनका   लागि दुई लाख भन्दा बढी पाहुनालाई निमन्त्रणा पत्र पठाइएकाे हाेटल पाैवाले जानकारी दिइएको छ । 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend