साझा नेटवर्क
किसान थापा, पोखरा चैत १८ ।
कोरिया रिर्टनिज एसोसियसन नेपाल गण्डकि प्रदेशको अधिवेशन पोखरामा सम्पन्न भएको छ । विभिन्न ठाउँबाट कामको सिलसिलामा लामो समय कोरियामा काम गरेर नेपाल फर्किएका र नेपालमा नै पेशा व्यवसाय गरेर बसेका युवाहरुलाई एकजुट बनाउने उदेश्यले यो कार्यक्रम गरिएको थियो ।
पोखरा सिर्जनाचोक स्थित ह्वाईटहाउस पार्टि प्यालेसमा शनिबार अधिवेशन सम्पन्न भएको छ । सो अधिवेसन कोरिया रिर्टनिज एसोसियसन गण्डकि प्रदेश तदर्थ समितिका संयोजक ईश्वर क्षेत्रिको अध्यक्षता, गण्डकि प्रदेशसभाका सभामुख कृष्ण धितालको प्रमुख आथित्य, पुर्व मन्त्रि तथा सांसद पञ्चराम गुरुङ, प्रदेश सांसद विकल तुलाचन, गण्डकि प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष कृष्ण चन्द्र देवकोटाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।
अधिवेशनको उदघाटन सत्रमा बोल्दै योजना आयोगका उपाध्यक्ष कृष्ण चन्द्र देवकोटाले विगतमा आँफुले पनि लामो समय कोरियामा नै अध्ययन र काम गरेको अनुभव सुनाउँदै आफूँ पनि देशमा नै केहि गर्ने उदेश्यले नेपाल फर्केको बताए, देशमा नै केहि गर्ने जोश बोकेका युवाहरुका लागि आफ्नो तर्फबाट सरकारको निति तथा कार्यक्रममा युवा मैत्रि बजेट तथा योजना निर्माणमा काम गर्ने बताए ।
त्यस्तै प्रदेश सांसद विकल तुलाचनले आँफु पनि लामो समय कोरियामा काम गरेर देशमा केहि गर्ने र राजनिति मार्फत समाजको सेवा गर्ने उदेश्यले फर्केर अहिले प्रदेश सांसदको रुपमा रहेको बताउँदै युवाहरुले आँट गरे सबै कुरा सम्भव रहेको बताए । त्यस्तै पुर्व मन्त्रि तथा प्रदेश सांसद पञ्चराम गुरुङले आँफु पनि लामो समय कोरियामा श्रमिकको रुपमा काम गरेको अनुभव सुनाए ।
कोरियामा बस्दा त्यहाँका मानिसले कुनै बेला कोरियामा भोकमरि हुँदा नेपालले खानेकुरा पठाएको र आज नेपालिहरु आफ्नो जिविकोपार्जनको लागि कोरिया आएको भनेपछि आँफुलाई दुख लागेर आफ्नो देश बनाउनुपर्छ भन्ने हुटहुटिले नेपाल फर्केर राजनितिमा होमिएको बताए ।
आफ्नो विगतको अनुभवलाइ सम्झिदैं अहिले युवाहरु निराश भएर बिदेशिदैं गरेको अबस्थामा युवाहरु यसरि कोरियाबाट पर्केर एकजुट भएर नेपालमै केहि गर्ने उदेश्यले लागेकोले भन्दै खुसि प्रकट गरे साथै युवाहरुका आवाज निति बनाउने ठाऊँमा राख्ने पनि बताए । कार्यक्रममा प्रदेश सभाका सभामुख कृष्ण धितालले बिदेशमा बसेका युवाहरु नेपाल फर्केर एकजुट भएर काम गर्न लागेकोमा खुसि व्यक्त गर्दै यो कार्यक्रम आँफुलाई नौलो लागेको पनि बताए ।
पछिल्लो समय युवाहरुमा निराशा बढदै गइरहेको बिदेशिने क्रम एकदमै बढिरहेको र बिदेशिएका नेपाल नफर्किने लहर चलिरहेको अवस्थामा यसरि कोरिया जस्तो राम्रो देशबाट पनि फर्किएर युवाहरु यसरि संगठित भएर अगाडि बढेकोमा खुसि व्यक्त गरे। साथै उनले युवा मैत्रि निति बनाउनको लागि आफूँले विशेष पहल गर्ने पनि बताए । यसरि युवाहरुले देशमा नै केहि गर्ने अठोट गरेको काममा राज्यले पनि सहयोग गर्ने र आँफुले पनि सकेको पहल गर्ने प्रतिबद्दता जनाए ।
अधिवेशनले निम्नानुसारको समिति गठन गेको छ । अध्यक्ष ईश्वर बहादुर केसी (स्याङ्जा) वरिष्ठ उपाध्यक्ष ऋषिराम पौडेल (कास्की) उपाध्यक्ष लेखनाथ पराजुली (नवलपुर) उपाध्यक्ष सन्तोष गुरुङ निगल (लमजुङ) महासचिव नवीन पराजुली (पर्वत) सचिव जनक बहादुर क्षेत्री (पर्वत) कोषाध्यक्ष टिका गिरी (म्याग्दी) सहकोषाध्यक्ष तेजेन्द्र मल्ल (बाग्लुङ) सदस्यहरू बिजय कार्की (म्याग्दी) दिनेशराज पाण्डे (तनहुँ) गोविन्द प्रसाद बराल (कास्की) शत्रुधन तिम्सिना (स्याङ्जा) रत्नमणि अधिकारी (लमजुङ) इन्द्रबहादुर क्षेत्री (पर्वत) सुरज प्रसाद शर्मा (बाग्लुङ) गरि २५ सदस्य कार्यसमिति रहनेछ भने बाँकी पदाधिकारी र सदस्यहरू बैठकले निर्णय गरी मनोनित गर्नेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend