logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल चिनाउन दिल्ली मा ‘नेपाल फेष्टिवल-२०२५’हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

देबेन्द्र केसी, ५ चैत्र,  नयाँ दिल्ली  । भारतको राजधानी दिल्ली स्थित नेपाली दुतावास र एभरेष्ट चेम्बर अफ कमर्स को संयुक्त आयोजनामा दिल्ली मा ‘नेपाल फेस्टिवल-२०२५’ हुने भएको छ।नेपाली रैथाने तथा आधुनिक खाद्य परिकार,हेण्डिक्राफ्ट,अल्लो तथा ढाका का कपडाहरु,चोया तथा बाँसबाट निर्मित समानहरु तथा नेपाली साँस्कृतिक कार्यक्रम हरु प्रस्तुत हुने ‘नेपाल फेस्टिभल’ भारतमा पहिलो पटक गर्न लागिएको ऐभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईण्ड्रस्टिज का अध्यक्ष युवराज बरालले जानकारी दिनुभयो।

भारतमा कार्यरत सबै राजनितिक,सामाजिक तथा परोपकारी नेपाली संस्थाहरु सह-आयोजक रहने यो मेलामा करिब १८० स्टलहरु रहनेछन। ‘स्टलहरु धमाधम बुकिङ्ग भइरहेका छन।उद्धघाटन समाहरोहमा भारत तथा नेपाल का विशिष्ट ब्यक्तिहरु को पनि उपस्थिति रहनेछ छ’ दुतावासको सभाहल मा उपस्थित नेपाली संस्थाका प्रतिनिधि हरुलाई कार्यक्रम बारे जानकारी दिँदै चेम्बर का महासचिव मोहन कार्की ले भन्नुभयो। कार्यक्रममा बोल्दै बक्ताहरु ले यो फेस्टिव ले भारत नेपाल सम्बन्ध अझ उचाईंमा जाने र मेडइन नेपाल समानहरुको भारतीय बजारमा प्रर्वधन हुने बिश्वास ब्यक्त गर्नुभयो।

नयाँ दिल्ली को बाराखम्वा रोड स्थित नेपाली दुतावास परिसरमा हुने ‘नेपाल फेष्टिबल-२०२५’ को प्रवेश निसुल्क रहेको छ।यहि अप्रैल ११,१२ र १३ गते गरि तिन दिन सम्म चल्ने नेपाली महामेला को पहिलो दिन ग्राण्ड ओपनिङ्ग सेरेमनी हुनेछ। भारत तथा नेपाल का अति बिशिष्ट ब्यक्ति हरुको उपस्थिति रहने तथा नागरिक स्तर मा ब्यापक चासो को रुपमा रहेको यो महामेला हरेक वर्ष लाग्नेछ।

टाइटल स्पोन्सर लाई पन्ध्र लाख

नेपाल फेष्टिवल-२०२५ लाई ‘ईण्डो-नेपाल ट्रेड फेयर’ कै शैलीमा प्रस्तुत गरिएको छ। फेयर को टाईटल स्पोन्सर ले १५ लाख मुल्य चुकाउनु पर्नेछ छ। गोल्ड स्पोन्सर ले १० लाख,सिल्भर स्पोन्सर ले ७ लाख,सपोर्टिङ्ग स्पोन्सर ले ५ लाख अनि ब्रान्च स्पोन्सर ले २लाख पचास हजार मुल्य मा आफ्नो व्यावसाय प्रवर्धन गर्न सक्नेछन। ‘स्पोन्सर तथा स्टल सञ्चालकहरुलाई आर्कषक योजना तथा सुविधाहरु दिने छौं थप जानकारी को लागि www.nepalfestival.in मा हेर्न अनुरोध छ’ कार्यक्रम बारे जानकारी थप्दै सह महासचिव  गोबिन्द पोख्रेल ले भन्नुभयो। नेपाल पर्यटन बोर्डले प्रर्वधन गर्ने ‘नेपाल फेष्टिवल-२०२५’ लाई दिल्ली एनसिआर मा कार्यरत नेपाली बैङ्क,ट्राभल्स व्यावसायी, फास्टफुड सञ्चालक , कपडा व्यवसायी तथा होटल व्यावसायी हरुले हातेमालो गरेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend