logo
  • शुक्रबार, असोज ९ २०८३

जिप्रका बाराका घुमुवा जवान यादवको असुली आतंक बढ्दो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रंजित चौरसिया,बारा २३ फाल्गुन। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले संगठनकै नीति निर्देशनलाई ठाडो चुनौती दिदैँ अघोषित रुपमा घुमुवा परिचालन गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखाका बरिष्ठ प्रहरी नायब निरीक्षक विनोद काफ्लेको विश्वास पात्रको रुपमा परिचित प्रहरी जवान चन्दन कुमार यादवलाई अघोषित रुपमा घुमुवा परिचालन गरी आर्थिक लाभ लिइरहेको समाचार स्रोतले जनाएको छ ।

अपराध अनुसन्धान शाखाको काम कर्तव्य छुटै रहे पनि जवान यादवले बारा जिल्लाको विभिन्न नाकाहरूमा पुगी अवैध कारोबारीहरू सँग आर्थिक संकलन गरि रहेको समाचार स्रोतले जनाएको छ । तस्कर र व्यापारीहरू सँग मासिक रुपमा रकम उठाउनको निम्ति घुमुवा परिचालन गरेको बजारमा व्यापक चर्चाको विषय बनेको छ । जिल्ला प्रहरी कार्यालय बारामा करिब एक महिना पहिले आउँदा केही दिन सीमानाकामा एकदमै कडाई गरिएको थिए । सो पश्चात हाल अवैध कारोबारी र तस्करहरूले खुलेयाम रुपमा कारोबार गरिरहेको जनाईएको छ । 

विवादित छविका घुमुवा चन्दन कुमार यादव विगतको समयमा पनि जिल्ला प्रहरी कार्यालय बारामा घुमुवाको रुपमा कार्यरत रहँदा प्रहरी सङ्गठनलाई बदनाम गराई रहेको गुनासोहरू बढ्दा मधेश प्रदेशका तत्कालीन डिआईजी यज्ञबिनोद पोखरेलले कारवाही स्वरुप ढलकेवर दंगा गणमा तानेर थन्काएका थिए । सो पश्चात हालका मधेश प्रदेशका डिआईजी लालमणी आचार्यले किन र के का लागि जवान यादवलाई पुनः बारामै पठाएको प्रश्न उब्जिएको प्रहरी स्रोतको भनाई रहेको छ । हुनतः हाल प्रहरी जवान चन्दन यादव अपराध अनुसन्धान शाखामा कार्यरत रहेको देखिए पनि उनी प्रहरी उपरीक्षक तामाङ्ग र अपराध अनुसन्धान शाखाका बरिष्ठ सईको बलमा अघोषित रुपमा घुमुवाको जिम्मेवारी पाउन सफल भएको बताईन्छ ।

बाराको विभिन्न नाकाहरुबाट हुण्डी, कपडा, काजु, कस्मेटिक, भैसी, केराउ, काजु, मरिच, कपडा, हार्डवेयर, किनारा लगायतका सामग्रीहरू बारा प्रहरी प्रशासनको सेटिङमा निर्वाध रुपमा नेपाल भित्रिरहेको छ भने नेपालबाट रक्सी, कबाड लगायतका सामग्रीहरू भारत गइरहेको स्थानीय प्रत्यक्षदर्शीहरूको भनाई रहको छ । यस तर्फ नेपाल प्रहरीको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको सचेत नागरिकहरूको भनाई रहेको थियो । 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend