logo
  • शुक्रबार, असोज ९ २०८३

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल गल्कोटको नगरअधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ फागुन ३ ।
नेकपा एमालेको जनवर्गिय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल गल्कोटको प्रथम नगर अधिवेशन हटियामा सम्पन्न भएको छ। अधिवेशनले शेर बहादुर पुनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिवमा राम बहादुर राना कुमाल, उपसचिवमा डम्बर बहादुर गुरुङ र सबिता श्रीस लगाएत रहनुभएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय अनुशासन आयोग अध्यक्ष नर बहादुर थापाले नेपालको पहिचान भनेकै विविधता भएको भन्दै आफ्नो संस्कृति संरक्षण र जगेर्ना संगै अधिकारको लागि समेत आदिवासी जनजातिहरु एकतावद्ध हुनुपर्ने बताउनु भएको छ।

संविधान सभाको सदस्य समेत रहनुभएका थापाले शिक्षा र चेतनाको विकासवाट सामाजिक एकता सुदृढ हुनेभन्दै आर्थिक विकासको लागि सामाजिक जागरण समेत आवश्यकता रहेको बताउनु भएको छ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि बागलुङका उपाध्यक्ष विष्णु प्रसाद भुसालले राजनैतिक अस्थिरताले देशको विकासमा वाधा पुगेकोले दुई पार्टि मिल्नुपर्ने बाध्यता परेको बताउनु भएको छ। नेपाली कम्यूनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेको एकल बहुमतको सरकारबाट मात्रै जनअपेक्षा पुराहुन सक्ने भएकोले मिसन ८४ को अभियानमा पार्टि लागेको प्रष्ट पार्नुभएको थियो।

कार्यक्रममा नेकपा एमाले पूर्व जिल्ला कमिटि उपसचिव एवं गल्कोट नगरपालिका वडा नं. ११ का अध्यक्ष डम्बर श्रीस, नेकपा एमाले गल्कोटका कार्यवाहक अध्यक्ष इश्वर वोहोरा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम लोकतान्त्रिक आदिवासी जनजाति महासंघका विष्णु रानाको अध्यक्षता, राम बहादुर रानाको स्वागत मन्तव्य तथा जिल्ला सचिव दान बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend