साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज १ फाल्गुन। समाजवादी प्रेस संगठन नेपाल पर्साको सातौँ बैठक बिहीवार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष आसमहम्मद मियाँको अध्यक्षतामा बसेको बैठकले यही फागुन ४ गते आइतबारका दिन काठमाडौंमा हुने संगठनको राष्ट्रिय भेलामा प्रतिनिधिको रुपमा सहभागी भई सफल पार्न निर्णय गरेको छ ।
भेलामा सहभागी हुने प्रतिनिधिहरूले स्वयं खर्च बेहोर्नु पर्ने, कुनै पनि कार्यालय, व्यापारी, उद्योगी सँग चन्दा नलिने बैठकले निर्णय गरेको छ । तथापि कुनै पनि व्यक्तिले समाजवादी प्रेस संगठन नेपाल पर्साको नाममा चन्दा आतङ्क मच्चाई पर्सा संगठनलाई बदनाम गर्न खोजे प्रहरी तथा अन्य नियमनकारी निकाय अथवा यस सङ्गठनलाई खबर गरी सहयोग गरिदिन हुन बैठकले अपिल समेत गरेको छ । साथै बैठकले गत मंसिरको २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको विषयमा समीक्षा समेत गरेको छ ।
पत्रकार महासंघ पर्साको निर्वाचनमा प्रेस सेन्टर नेपाल, प्रेस मञ्च लगायतका सङ्गठनहरू सँग भएको गठबन्धनले इमान्दारी पूर्वक मत दिई समाजवादीबाट नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद् सदस्यमा राघव साह र पर्सा शाखाको सह–सचिवमा अजय चौरसियालाई विजयी गराएकोमा सम्पूर्ण पर्सेली मतदाता पत्रकारहरुमा बैठकले बधाई तथा धन्यवाद ज्ञापन गरेको छ । सो बैठकमा पर्साका उपाध्यक्ष दिपक कुशवाहा, सचिव रामअनुप यादव, सह सचिव श्रीराम रौनियार, जय कुमार यादव, कोषाध्यक्ष रामेश्वर चौरसिया, सदस्यहरु रंजित चौरसिया, दिपेन्द्र गिरी, राकेश जायसवाल, दिपक चौरसिया लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend