logo
  • शुक्रबार, असोज ९ २०८३

इमान्दार साथ काम गर्ने प्रहरीहरुलाई पुरस्कृत र बदमाशी गर्नेहरुलाई दण्डीत गर्छौ : एसपी मिश्र


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रंजित चौरसिया, वीरगंज माघ १७ ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा हालै सरुवा भइ आएका प्रहरी उपरिक्षक गौतम मिश्रले बिहिवार पर्सेली सञ्चारकर्मीहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । सो कार्यक्रममा प्रहरी उपरिक्षक मिश्रले कर्तब्य निर्वाहका क्रममा इमान्दारीका साथ काम गर्ने मातहतका प्रहरीहरुलाई पुरस्कृत गर्ने र बदमाशी गर्नेहरुलाई दण्डीत गर्ने बताए ।

प्रहरी उपरिक्षक मिश्रले पर्सामा आँफु रहदाँ सम्म देश र जनता प्रति इमान्दार भएर काम गर्ने प्रतिबद्धता पनि जनाए । उनले भने, ‘म जति दिनसम्म पर्साको प्रहरी प्रमुखका रुपमा यहाँ रहन्छु इमान्दार भएर आफ्नो कर्तब्य निर्वाह गर्छु ।’ जिल्लामा शान्ति सुरक्षा कायम राख्न आँफुले कुनै कसर बाँकी नराख्ने भन्दै उनले भने, ‘शान्ति सुरक्षा कायम राख्ने क्रममा आइपर्ने हरेक चुनौतीको सामना गर्न म तयार छु ।

करिब १८ बर्ष पहिले प्रहरी निरीक्षकका रुपमा वीरगंजमा रहदाँ गरेका कामहरु स्मरण गराउँदै प्रहरी उपरिक्षक मिश्रले त्यसबेला र अहिले अपराध, अपराध गर्ने प्रकृति र प्रवृतिमा धेरै परिवर्तन भएको बताए । मधेशको भूगोल र नागरिकका समस्या बारे आँफु पहिले देखि नै जानकार रहेको बताउँदै पहिलेको अनुभवले अहिले काम गर्न आँफुलाई सहज हुने बताए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत जिल्लाका ग्रामीण भेगमा बालविवाह, बहुविवाह, महिला हिंसा, दाइजो प्रथा जस्ता विकृतिका विरुद्ध पर्सा प्रहरीले स्थानीय सरकार र नागरिक समाज संग सहकार्य गरेर जनचेतनामुलक कार्यक्रम र अभियानलाई निरन्तरता दिने समेत बताए ।

सो कार्यक्रममा प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट लगायत पर्सेली सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend