logo
  • शुक्रबार, असोज ९ २०८३

महाराष्ट्रमा भएको रेल दुर्घटनामा तीन नेपालीको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

माघ १० ।
भारतमा रेल दुर्घटनामा परी ३ नेपालीको मृत्यु भएको छ। लखनऊबाट मुम्बई जाँदै गरेको पुस्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँमा पुग्दा आगलागी भएको हल्ला फैलिएपछि दुर्घटना भएको हो ।

आगो लागेको हल्लापछि रेलबाट हाम फालेका ५० जनाभन्दा बढीलाई अर्को दिशाबाट आएको रेलले ठक्कर दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमा ३ नेपालीसहित १२ जनाको मृत्यु भएको छ ।

मृत्य हुनेमध्ये नेपालका नन्दाराम विश्वकर्मा, लछिराम पासी र नवीन भण्डारीको नाम खुलेको छ । उनीहरुको ठेगाना खुलिसकेको छैन।

परिचय खुलेका मृतकमध्ये चार भारतीय नागरिक छन्। दुर्घटनामा मृत्यु भएका बाँकी ६ जनाको परिचय खुलिनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा घाइते भएका ४० जनालाई महाराष्ट्रका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend