साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज ४ माघ। बारा जिल्लाको प्रसौनी स्थित ईलाका प्रहरी कार्यालय प्रसौनीले अघोषित रुपमा घुमुवा खटाई अबैध कारोबार तस्करीलाई प्रसय दिईरहेको समाचार प्राप्त भएको छ ।
इप्रका प्रसौनी मातहतका युनिटहरू र तस्करबाट रकम असुलीकै लागि एक प्रहरी जवानलाई घुमुवाको रुपमा खटाइएको बताइन्छ । इलाका प्रहरी कार्यालय प्रसौनीमा कार्यरत प्रहरी जवान भुषण साह तुरहाले प्रसौनी मातहत पर्ने बलिरामपुर, छतवा, मटिअर्वा लगायतका नाकाहरूबाट हुने गरेको अवैध कारोबारीबाट मासिक रुपमा नाकामै पुगी रकम असुली गरिरहेको स्थानीयले बताएका छन् ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरू चोरी तस्करीलाई बढावा दिन थालेपछी चोरी तस्करी जस्ता आपराधिक गतिविधि बढ्नु स्वाभाविक भएको स्थानीयले बताएका छन् । आर्थिक प्रलोभनमा परि इलाका प्रहरी कार्यालय प्रसौनीका घुमुवा चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाचार स्रोतले जनाएको छ ।
सो नाकाहरूबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका लागि ल्याउने सामग्रीहरूलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिइरहेको भए पनि तस्करहरू सँग महिनामारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानीयले आरोप लगाएका छन् ।
सो क्षेत्रमा काम गर्ने दर्जनौँ तस्करहरू सँग मासिक ५ हजार देखि २० हजार असुली घुमुवा तुरहाले तस्करीको लाइन सुचारु गराएको एक व्यापारीले नाम नछाप्ने शर्तमा यस अनलाइनलाई बताए ।
सो नाका भएर भारतबाट लत्ताकपडा, हार्डवेयर, रजनीगन्धा, जुत्ता चप्पल, काजु, चिनी, प्रतिबन्धित औषधी लगायतका सामग्रीहरूको तस्करीको माध्यमबाट निर्वाध रुपमा आइरहेको समाचार स्रोतको दाबी रहेको छ । ती स्रोतका अनुसार तस्करी वापत घुमुवा तुरहाले ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टलाई राम्रै रकम बुझाउने गरेको बताइन्छ ।
यदि प्रहरी निरीक्षक भट्टले मासिक नजराना नबुझेको भए रातीको समयमा निर्वाध रुपमा तस्करी भइरहेको विभिन्न माध्यमले प्रहरी निरीक्षकलाई जानकारी गराए पनि कुनै कारवाही नगरी मौन बस्नुले पनि उनको पनि संलग्नता रहेको प्रष्ट हुन्छ ती स्रोतको भनाई रहेको छ ।
इप्रका प्रसौनी मातहतमा पर्ने बलिरामपुर चौकीको विगत समयमा प्रहरी जवान तुरहा घुमुवा बसिसकेकोले उनलाई सो क्षेत्रको तस्करी बारे राम्ररी जानकारी भएकोले उनलाई विगत करिब ९ महिना देखि इप्रका प्रसौनीमा घुमुवा राखिएको प्रहरी स्रोतको भनाई रहेको छ ।
सो सम्बन्धमा ईप्रका प्रसौनीका प्रहरी निरिक्षक भट्ट सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन । सो क्षेत्रहरुबाट चोरी तस्करी बढेको भए पनि प्रहरीको माथिल्लो निकायको ध्यान नपुग्दा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend