logo
  • शुक्रबार, असोज ९ २०८३

यातायात कार्यालय कलैयाका प्रमुख यादवको निर्देशनमा लाइसेन्स खरिद बिक्री हुँदै, सम्बन्धित निकाय मौन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रन्जित चौरासिया, वीरगन्ज २२ पौष । यातायात व्यवस्था कार्यालय कलैया बारामा रकमको बलमा धमाधम सवारी चालक अनुमतिपत्र लाइसेन्स विक्री वितरण भइरहेको समाचारमा जनाईएको छ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अरबिन्द यादवले करिब एक दर्जन बिचौलियाहरू राखी उनीहरु मार्फत रकम असुली लाइसेन्स बनाई रहेको समाचार स्रोतले जनाएको छ ।

 गत असोज दोस्रो हप्ता देखि नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएका यादवले बिचौलिया र कार्यालयका केही कर्मचारीहरु मार्फत लिखित र प्रयोगात्मक परीक्षामा पास गराउनका लागि मोटरसाइकलको ८ हजार, अटो, टेम्पोको १० हजार, कार जिपको १२ हजार र हेभी गाडीहरूको २० हजार सम्म असुली गराउने गरेको स्रोतले जनाएको छ । यी त कार्यालयमा बुझाउने दररेट भयो, बाहिर बिचौलिया र कर्मचारीहरूले आ–आफ्नो मनमौजी तरिकाले जो–जतिमा फँसछन् त्यति रकम लिई कार्यालय प्रमुख यादवलाई कार्यालयको दररेट अनुसार बुझाई बाकी रकम आफैले झ्वाम पार्ने गरेको स्रोतको दाबी रहेको छ ।

 कार्यालय प्रमुखले कार्यालयलाई भ्रष्टाचार रहित बनाउनु पर्नेमा प्रमुख यादव कार्यालयमा आए देखि भ्रष्टाचार, घुसखोरी, बिचौलिया तन्त्र हाबी भएको आईतवार कार्यालयमा सेवा लिन गएका एक सेवाग्राहीले नाम नछाप्ने शर्तमा यस अनलाइनलाई बताए ।

कार्यालयमा लाइसेन्स बनाउन, नवीकरण गर्न, ब्लुबुक नवीकरण गराउन लगायतका कामहरू सेवाग्राहीहरूले आफै गराउन सक्ने हुनु पर्नेमा बिचौलियाको सहारा नलिई कुनै पनि काम नहुने गरेको ती सेवाग्राहीको आरोप रहेको छ । यातायात कार्यालय बाराको घुसखोरी कार्यलाई रोक्न र भ्रष्टाचारलाई बढावा दिने कार्यमा संलग्न कर्मचारीहरूलाई कारवाही गर्न नियमनकारी निकायको ध्यान पुग्न आवश्यक रहेका सचेत नागरिकहरूको भनाई रहेको छ । यस सन्दर्भमा प्रमुख यादव सँग प्रतिक्रिया लिन मोबाइल फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन। 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend