logo
  • शुक्रबार, असोज ९ २०८३

शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकलाई पेसागत विकास तालिम प्रदान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण भट्टराई गुल्मी ७ पुस ।

यु डब्ल्यु एस नेपालद्वारा आयोजित शिक्षकलाई पेसागत बिकास तालिमको समापन गरिएको छ । गुल्मिको तम्घास स्थित होटल सौर्य ईन मा गत पुस दुई गतेदेखी सन्चालन भएको तालिममा रेसुङ्गा नगरपालिका स्थित साउनेथुम आधारभुत बिद्यालय, ईस्मा गाउँपालिका भित्रका सुन्तलादेवी आधारभुत बिद्यालय,बुल्म आधारभुत बिद्यालय र यु डब्ल्यु एस ईस्माका शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो ।

यु डब्ल्यु एस नेपालले यस अघि मदाने गाउँपालिका,मालिका गाउँपालिका,र मुसिकोट नगरपालिकामा शिक्षकको पेसागत बिकास तालिम सम्पन्न गरिसकेको र अब छिट्टै धुर्कोट गाउँपालिकामा तालिम आयोजना गर्न लागिएको तालिमका प्रशिक्षक भेषराज अधिकारिले जानकारी दिनुभयो । गुणस्तरीय शिक्षाको अवधारणालाई थप प्रभावकारी बनाउन शिक्षक तालिमले सहयोग पुर्याउने हुँदा बिद्यालयलाईअनुकुल हुने स्थानको छनोट गरेर शिक्षकहरुलाई तालिम प्रदान गरिदै आईएको प्रशिक्षक सुबिना ढुङ्गानाले स्पष्ट पार्नुभयो ।

यु डब्ल्यु एस नेपालले गुल्मी जिल्लाका रेसुङ्गा,मुसिकोट,मदाने,मालिका,धुर्कोट र ईस्मा गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि आवश्यक बिद्यालय भवन निर्माण,शैक्षिक तथा खेल सामग्री,सामुदायिक शिक्षक,फेलो शिक्षक प्रदान गरि स्कुल मोविलाईजर द्वारा नियमित अनुगमन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend