साझा नेटवर्क
अनिल खत्री,गुल्मी मङ्सिर २६ ।
गुल्मीको मदाने गाउँपालिका ०६ कन्केदेउरालिमा प्रथम कन्केदेउराली कृषि, पर्यटन तथा सास्कृतिक महोत्सव हुने भएको छ । मदाने गाउँपालिकाको मुख्य भुमिका र कन्केदेउराली पर्यटन पुर्बाधार बिकास समिती मदाने गाउँपालिका ०६ पुर्कोट दहको समन्वयमा मेला लाग्ने भएको हो । मेला यहि पौष ५ देखि ७ गते सम्म सन्चालन हुनेछ ।
महोत्सवमा मदाने भित्र उत्पादित कृषिजन्य सम्पुर्ण सामाग्री समेत प्रदशन गरिने र उत्कृष्ट सामाग्री प्रदशन गर्ने हरुलाई पालिकाले सम्मान सहित पुरस्कार दिने भएको छ । ३ दिने महोत्सवमा पर्यटनको लागि प्रसिद्ध ठाउँ कन्केदेउरालीको प्रचार प्रसार पुगोस भन्ने हेतुले महोत्सव कन्केदेउरालीमै सन्चालन गर्न लागिएको कन्केदेउराली पर्यटन पुर्बाधार बिकास समिती उपाध्यक्ष सुनिल थापाले बताए । यता पर्यटनको प्रखाईमा रहेको कन्केदेउराली लाई थप टेबा मिलोस र मदानेमा उत्पादित सुन्तला,कि बि ,मकै ,कोदो,आलु लगाएतका सामाग्रीहरु मदानेको लागि प्रख्यात मानिएको तर बजार भाउ नपाएको भन्दै प्रदशनी मेला लाग्ने र यसले थप सहयोग मिल्ने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवरले बताए ।
मेलामा वरिष्ठ लोक गायक बम बहादुर कार्की ,मन्जु पौडेल ,रामचन्द्र चन्द ,बाबुराम पन्थी ,सुनिल थापा,तुल्सिङ्ग रनपछाई,बिक्रम बाबू बिस्वकर्मा,अनिल खत्री ,कमलसिङ्ग झाक्री ,कुन्जमणी थापा,गोबिन्द पन्थी ,कमल यात्री ,सारदा चन्द,सरु बिष्ट लगाएतले आफ्नो प्रस्तुती राख्ने छन । पौष ५ अर्थात पहिलो दिन मदानेको उत्कृष्ट महिला पन्चेबाजा सहित कार्यक्रम समुदघाटन हुनेछ ।
त्यसपछी खुल्ला लोक भजन आयोजना गरिएको छ । लोक भजनमा पहिलो हुनेले रु.१५,००० दोस्रोले १०,००० तेस्रोले ५,००० र सम्पुर्ण सहभागी समुहले २,५०० का दरले पुरस्कार पाउने भएका छन । त्यस्तै पौष ६ र ७ गते कलाकारहरुको प्रस्तुती ,मदाने लोकतारा छनोट र फाइनल सहित महोत्सव समापन हुनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend