logo
  • शुक्रबार, असोज ९ २०८३

भैलो खेल्न हिडेको गाडी दुर्घटना हुँदा १० जना घाईते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी कार्तिक १७ ।
देउसी भैलो खेल्ने मानिस लिएर हिडेको गाडि दुर्घटना हुदाँ १० जना घाईते भएका छन । सनिवार नवलपरासीको सुस्ता गाउपालिका वडा नं.३ विगेप स्थित भित्रि सडक खण्डमा गुडरियाबाट नर्सहि तर्फ जादै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी बाटोमा हिडि रहेको बाख्रालाई जोगाउने क्रममा आफै अनियन्त्रीत भई दुर्घटना भएको हो ।

सोहि दुर्घटना परी सुस्ता गाउपालिका वडा नं.२ गुदारिया बस्ने १६ वर्षिया सृस्ति मुखिया सोही ठाउँ बस्ने १९ वर्षिया मन्जु महत्तो, २१ वर्षिय रेखा महतो, २१ वर्षिय बैजनाथ गुप्ता, १४ वर्षिय लक्ष्मी मुखिया,१६ वर्षिया वर्षा मुखिया, १८ बर्षिया कविता मुखिया, १५ बर्षिया तिल कुमारि मुखिया, २३ वर्षिय बिवेक चौधरी र १३ वर्षिय ईशान्त मुखिया घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाईतेहरुलाई उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाईएको साथै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend