logo
  • शुक्रबार, असोज ९ २०८३

स्रोत नखुलेको बीस लाख पचास हजार भारतीय पैसा सहित दुईजना  पक्राउ 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

प्रिन्स मिश्रा, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर लिंकगेट बाट बरिष्ठ प्रहरी नायब निरीक्षक महेन्द्र पोख्रेलको कमान्डमा खटिएको चेकिङ टोलीले २० लाख पचास हजार सहित भारतीय नागरिकहरू पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लाई बुझाएको थियो।

 सोमवार साँझ आठ बजे तिर कृष्णनगर न.पा.२ लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलीले भारत बाट नेपाल तर्फ आँउदै गरेको UP45AS6663 र UP42DT5721 नं. का भाडाका गाडीहरू चेकजाँच गर्दा UP45AS6663 नं.को गाडीमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुम्बई सिटी बस्ने वर्ष ३३ को सलमान कुरेसियाको झोला चेकजाँच गर्दा उक्त झोलामा रहेको नगद भा.रु.८,००,०००।- आठ लाख रहेको थियो। 

अर्को UP42DT5721 नं.को भाडाको गाडीमा सवार भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुम्बई  बस्ने वर्ष ३९ का उमेश सखाराम खंडागलेको झोलाबाट नगद भा.रु.१२,५०,०००।- बारा लाख पचास हजार बरामद गरिएको थियो। जम्मा भारतीय रुपैयाँ २०,५०,०००।- (बिस लाख पचास हजार) फेला परेको निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक माेहनमणी अधिकारीले जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend