साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी असोज १९।
माईक्रो बसको ठक्करबाट नवलपरासीमा एकजनाको ज्यान गएको छ । शनिवार सुनवल नगरपालिका वडा नं. ७ ज्यामिरे चोक स्थित पुर्व- पश्चिम राजमार्गमा बुटवलबाट बर्दघाट तर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोबसले सोही दिशा तर्फ जादै गरेको लु ७९ प ९१४० नं मोटरसाईकललाई ठक्कर दिँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.६ -१० नम्बर टोल बस्ने ३२ बर्षिय ऋिषी लम्तरीको मृत्यु भएको हो ।
दुर्घटनामा परि गम्भीर घाईते भएका लम्तरीलाई उपचारको लागी भलुही मेडिकल कलेज पठाईएको हुदाँ उनको उपचारको क्रममा मृत्यु भएको शव पोस्टमार्टमको लागी लुम्बिनी प्रादेशीक अस्पताल पठाईएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा परि मोटरसाईकलको पछाडी सवार सोही ठाँउ बस्ने २९ बर्षिय बिवेक गुरुङ घाईते भएका छन । माईक्रोबस र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend