logo
  • शुक्रबार, असोज ९ २०८३

दाउन्नेमा सडक भासियो,आवागमन ठप्प


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी असोज १८।
नवलपरासीमा सडक भासिएछि आवगमन पुर्ण रुपले ठप्प भएको छ । शुक्रवार बर्दघाट नगरपालिका वडा नं. ४ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा खुर्सानी खोला नजिकै सडक फेरि २० फिट लम्बाई र ५ फिट सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक भसिएपछि पूर्वबाट पश्चिम तर्फ आउने र पश्चिमबाट पुर्व तर्फ जाने सवारी साधनको आवगमन पुर्ण रुपले ठप्प भएको र भासीएको सडकको मर्मत कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए ।

यसअघि असोज १४ गते अविरल वर्षाको कारण पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएपछि आवागमन पुर्ण रुपले ठप्प भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend