साझा नेटवर्क
रंजित चौरसिया, वीरगंज असोज १३ ।
यातायात व्यवस्था कार्यालय वीरगंजका तत्कालिन कार्यालय प्रमुख कमल राज गौतमले वीरगंजमा आएको करिब डेढ महिना पश्चात छोटो नै अवधिमा मन्त्रालयले भ्रष्टाचार गरेको आरोप लगाउदै हालसालै उनको सरुवा गरेको छ । गौतम वीरगंज यातायात कार्यालयमा पटक–पटक आएर करोडौं कमाएको चर्चा व्यापक छ । यता सानै अवधिमा मिति २०८१/०४/१७ गते देखि भदौ महिनाको १३ गते सम्म पटक–पटक लिखित र प्रयोगात्मक परीक्षा गर्दै सो अवधिमा करिब ५ करोड असुलेको चर्चा कार्यालय भित्र नै हुने गरेको छ ।
यातायात वीरगंजमा गौतमले व्यापक भ्रष्टाचार गरिरहेको आरोप लाग्न थालेपछि मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय यादवको सिफारिसमा मुख्यमन्त्रीको कार्यालयले सरुवा गरेको हो । गौतमको सरुवा भएपछि उनी सरुवा रोकाउन विभिन्न शक्ति केन्द्रमा धाएपनि सफल हुन सकेनन् ।
गौतमको सरुवा नरुकेपछि उनको कार्यकालमा उठेको करिब ५ करोड रुपैयाबाट परीक्षा समितिका केही पदाधिकारी र अन्य कर्मचारीहरुलाई भाग नदिएपछि कर्मचारीहरु असन्तुष्ट रहेको एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । ती कर्मचारीका अनुसार गौतम भन्छन्, उठेको रकम मध्ये मोटो रकम श्रम तथा यातायात र मुख्यमन्त्रीको कार्यालयमा सरुवा रोकाउन दिएपनि उनीहरु पैसा पनि खाए र सरुवा पनि गरेको अवस्थामा म कहाँबाट दिउँ ? भन्दै कर्मचारीहरुलाई आश्वस्त पार्दै रवाना लिई भागेका थिए ।
गौतमलाई मुख्य सहयोग गर्ने ड्राईभर शम्भु गुरुङ्ग वीरगंजमै यथावत रहेका छन् । यातायात कार्यालय वीरगंजका भ्रष्टाचारको जड करारका कर्मचारी ड्राईभर शम्भु गुरुङ्ग नै रहेको कुरा मन्त्रालय तथा अन्य नियमनकारी निकायहरुलाई थाहा हुदाँ हुदै पनि उनलाई राख्नु भनेको भ्रष्टाचारलाई बढावा नै दिनु सो कार्यालयका कर्मचारीहरुले नै बताउदछन् ।
अप्रत्यक्ष रुपमा कार्यालय प्रमुखको भुमिका खेल्नमा माहिर रहेका शम्भु गुरुङ्ग बागमती प्रदेशको चितवन जिल्ला निवासी हुन् । उनी यातायात कार्यालय वीरगंजमा दाई महेन्द्र गुरुङ्गको सहयोगमा भान्सेको काम गर्दा गर्दै हालसालै करारको ड्राईभर पदमा नियुक्ती लिन सफल भएका हुन् । मधेश प्रदेशमा बेरोजगारी दिन प्रतिदिन सृजना भईरहंदा शम्भु गुरुङ्ग जतिको योग्य ड्राईभर पर्सा, बारा लगायत मधेश प्रदेशमा छन् कि छैनन् ? पिडित सेवाग्रहीहरु प्रश्न ते¥सयाई राखेका छन् ।
यातायात कार्यालय वीरगंज भ्रष्टाचारमुक्त कार्यालय बनाउने हो भने जसरी भ्रष्ट प्रमुख गौतमको सरुवा गरिएको हो, त्यसैगरी गुरुङ्गलाई हटाएर कार्यालयलाई सफा र स्वच्छ राख्नु पर्ने सो कार्यालयका पिडित कर्मचारी र सेवाग्रहीहरुको माग रहेको छ
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend