साझा नेटवर्क
अनिल खत्री,गुल्मी असोज १७ ।
निर्माणधिन अबस्थामा रहेको सडक वर्षाका कारण पहिरो गएपछि सोमवार विहानदेखि अवरुद्ध बनेको गुल्मीको रिडी–तम्घास सडक खण्ड सोमवार वेलुकिदेखि एकतर्फि रुपमा सुचारु भएको छ ।
रिडी–तम्घास सडक खण्ड अन्र्तगत रेसुङ्गा नगरपालीका १५ स्थीत दुविचौरको खहरे खोलामा सोमवार विहानैदेखि सडक माथिवाट पहिरो खसेपछि उक्त सडक अपरान्न सम्म दिनभर अवरुद्ध बनेको थियोे ।
स्थानीय प्रशासनको पहलमा डोजर प्रयोग गरि सडकको पहिरो सामान्य रुपमा हटाएपछि १२ घण्टापछि उक्त सडक सुचारु बनेको हो ।
अवरुद्ध सडक सुचारु भएसंगै विहानैदेखि अलपत्र परेका यात्रुहरु आआफ्नो गन्तव्यमा लागेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले जानकारी दिनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend