logo
  • शुक्रबार, असोज ९ २०८३

सुस्तामा एकवर्ष नि:शुल्क विद्युत प्रदान हुने : मन्त्री खडका


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी असोज ११।
नवलपरासी, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले सुस्ताबासीहरुको लागी १ बर्ष सम्म नि:शुल्क बिधुत प्रदान गर्ने बताएका छन । बिहिवार राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले विद्युत् जडान भएका सुस्ताका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन् ।

साथै सुर्यपुरा जलबिधुत को क्षमता १५ मेगावाटको भएपनि हालको समयमा ३ मेगावाट मात्र बिधुत उत्पादन हुने भएकोले यसलाई आन्तरिक ढंगले पुर्ण क्षमतामा संचालन कायम हुने गरी सामाधान गर्ने साथै बिधुत आपुर्ती पुग्दै गर्दा उधोगधन्दा संचालन हुने रोजगारीहरु प्राप्त हुने भारतको सिमानासंग जोडिएको हुदाँ थुप्रै कलकरखाना संचालन हुन सक्ने बिधुत उपभोग गर्न सक्ने महत्वपुर्ण काम सगैं आवत जावतमा निकै सहज भएको मन्त्री खडकाले बताए।

जिल्लाको ऎतिहासिक भूमि सुस्ताको नारायणी नदिमा निर्माण भएको सुस्ता झुलेङ्गे पुलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्द्घाटन गरेका हुन । नेपालको पहिलो र एशियाको दोस्रो लामो पुल २५ करोडको लागतमा १५ सय ७१ मिटर लामो पुलको त्रिशुली आश्रय कम्पनीले निर्माण गरेपछि बिधुत प्रशारण लाईनको बिस्तार भएको छ।

बर्षो देखीको समस्या भोग्दै आएका सुस्ताबासीहरुको लागी झुलङ्गे पुल निर्माण हुदाँ आवजजावत तथा बिधुत बिस्तारमा सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend