logo
  • शुक्रबार, असोज ९ २०८३

कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा फिजियोथेरापी सम्बन्धी अध्ययन  गर्न पाइने  


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 प्रिन्स मिश्रा , कपिलवस्तु, १० असोज । फिजियोथेरापी भनेको शारीरिक चोटपटक वा रोगका कारणले क्षतिग्रस्त भएका शरीरका अङ्गहरूलाई पुनर्स्थापित गर्ने एक प्रकारको उपचार पद्धति हो। यसमा विभिन्न प्रकारका व्यायाम, भौतिक उपचार विधि र उपकरणहरूको प्रयोग गरिन्छ। यही शरीर र मनलाई स्वस्थ राख्ने कलामा तीन वर्षे डिप्लोमा कोर्षका लागि कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा भर्ना खुलेको प्रतिष्ठान प्रशासनले जनाएको छ ।

 फिजियोथेरापीले विभिन्न विधिहरू प्रयोग गरी पीडालाई कम गर्छ र बिरामीलाई आराम दिलाउने हुँदा स्वास्थ्य क्षेत्रमा यसको महत्व बढ्दै गएको निजी तथा प्राविधिक शिक्षालय महासंघ नेपालका केन्द्रीय अध्यक्ष तथा कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेले बताए । पाण्डेले फिजियोथेरापीले बिरामीलाई आफ्नो दैनिक जीवनका क्रियाकलापहरू स्वतन्त्र रूपमा गर्न सक्षम बनाउने र बिरामीमा आत्मविश्वास बढाउँने, उनीहरूलाई सकारात्मक भावना प्रदान गर्ने बताए ।

 फिजियोथेरापी अध्ययनले केन्द्रमा बिरामीहरू एकअर्कासँग भेटघाट गर्ने अवसर पाउँछन्, यसले उनीहरूमा एक्लोपनको भावना कम गर्छ र सामाजिक जीवनलाई सक्रिय बनाउँछ। फिजियोथेरापी कोर्स यस्तै उपचार विधिहरू सिक्ने एक शैक्षिक कार्यक्रम हो।

यस कोर्समा भर्ना हुने विद्यार्थीहरूले शरीरको संरचना, कार्यप्रणाली, विभिन्न रोगहरू, र तिनको उपचारका लागि आवश्यक पर्ने फिजियोथेरापीका विधिबारे विस्तृत ज्ञान प्राप्त गर्छन्। कसले पढ्न पाउँछन् सामान्यतया, एस.एल.सी. , एस.ई.ई. वा ग्रेड वृद्धि परीक्षामा उत्तीर्ण विद्यार्थीहरूले समेत फिजियोथेरापी कोर्समा भर्ना हुन योग्य हुन्छन्। किन पढ्ने फिजियोथेरापी ? फिजियो थेरापिस्टहरूले विभिन्न किसिमका रोगीहरूलाई उनीहरूको दैनिक जीवनमा सहजता प्रदान गर्न मद्दत गर्न । स्वास्थ्य क्षेत्रमा फिजियोथेरापिस्टहरूको माग उच्च भएकाले, स्वास्थ्य संस्थाहरू अस्पताल, क्लिनिक, पुनर्वास केन्द्र, खेलकुद संस्था, आदि विभिन्न क्षेत्रमा काम गर्ने अवसरहरू उपलब्ध हुने भएकाले , मानिसहरूलाई मद्दत गर्न र स्वास्थ्य क्षेत्रमा योगदान गर्न मन भएका विद्यार्थीका लागि फिजियोथेरापी कोर्स उपयुक्त मानिन्छ । फिजियो थेरापीको स्वदेश तथा विदेशमा महत्व धेरै छ र हाल कपिलवस्तु प्राविधिक प्रतिष्ठानले विशेष छुटका साथ भर्ना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend