साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी भदौ ३१ ।
नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । सोमवार रामग्राम नगरपालिका वडा नं. ४ घोडपाली चोक स्थित हुलाकी सडक खण्डमा उक्त दुर्घटना भएको हो ।
पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ८ ख ७५४९ नम्बरको को ट्रकले बिपरित दिशाबाट आउदै गरेको लु. प्र. ०१-००२ प २०५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक रामग्राम नगरपालिका वडा नं.९ जोकवारे बस्ने ३७ बर्षिय प्रेम ढांडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना परि गम्भिर घाईते भएका ढांडीको उपचारको लागि जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend