logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा सवारी दुर्घटना एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी भदौ २२ ।
नवलपरासीमा मोटरसाईकल दुर्घटना हुदाँ एकजनाको ज्यान गएको छ । शुक्रवार बर्दघाट नगरपालिका वडा नं १३ जमुनिया स्थित जमुनियाबाट नारायणचोक तर्फ जादै गरेको लु ४ प ७६९१ नम्बरको मोटरसाईकलले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाईकल चालक प्रतापपुर गाउँपालिका वडा नं.२ गोपीगंज बस्ने १७ वर्षिय किशोर र साईकलयात्री बर्दघाट नगरपालिका वडा नं. १३ नारायणचोक बस्ने ४७ बर्षिय सुरेश चौधरी गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका साईकलयात्री चौधरीलाई उपचारका लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाईएकोमा साईकल यात्रीको उपचारको क्रममा मृत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु भएका मृतकको शव पोष्टमार्टम लगायत थप अनुसन्धान प्रकृया बाकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend